घर पोत्ने रातो माटो बिक्री गरेर ५ लाखसम्म आम्दानी | Khabarhub Khabarhub

घर पोत्ने रातो माटो बिक्री गरेर ५ लाखसम्म आम्दानी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– घर पोत्नका लागि प्रयोग हुने रातो माटोको बिक्री बढेपछि पाँचथरको फिदिम नगरपालिका–४ का स्थानीय उत्साहित बनेका छन् । दशैं तथा तिहार नजिकिएसँगै अहिले रातो माटोले बजार पाउन थालेको छ ।

चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि फिदिम–४ का स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक ५ लाख  रुपैयाँसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताए । ‘दशैं र तिहारमा बढी माटो बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै मैले पनि ३ लाख वार्षिक आम्दानी गर्ने गरेको छु,’ सिगुले भने ।

यस ठाउँका अन्य स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैं तिहारको लागि खर्च जुटाउने गरेको स्थानीय कृष्ण खवासले बताए । सामान लिएर फिदिम आउने तर फर्कदा रित्तो हुनेभएपछि ट्र्याक्टर चालकले गाउँमै लगेर पनि माटो बिक्री गर्ने गरेको उनले बताए ।

यस ठाउँका रातो माटो दशैं तिहारमा बढी बिक्री हुने गरेको छ । अन्य समयमा पनि फाटफुट बिक्री हुने गरेको स्थानीय अर्जुन खतिवडाले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ५८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न