‘बलियो’ उमेर समूहमा कमजोर बनेको नेपाली फुटबल, दोषी को ? | Khabarhub Khabarhub

‘बलियो’ उमेर समूहमा कमजोर बनेको नेपाली फुटबल, दोषी को ?



काठमाडौं – दक्षिण एसियाली क्षेत्रको फुटबलको उमेर समूहमा नेपाल भारतपछिको बलियो टोली हो । तर, पछिल्लो समय नेपाली युवा टोलीको प्रदर्शन सम्झनलायक छैन ।

यसको उदाहरणका रुपमा हेर्ने हो भने काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप र जोर्डनमा भइरहेको एएफसी यु–१६ च्याम्पियनसिप २०२० को छनोटलाई लिन सकिन्छ ।

आइतबार हल्चोकस्थित मैदानमा भएको खेलमा नेपाली युवा टोली साफ च्याम्पियनसिपमा कमजोर आकिएको भुटानसँग ३–० गोल अन्तरले पराजित भएपछि फुटबल समर्थकदेखि जानकारसम्मले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै, जोर्डनमा रहेको यु–१६ नेपाली टोलीले आफ्नो लय समात्न सकेन । त्यसअघि भारतमा सम्पन्न यु–१५ साफ च्याम्पियनसिपमा नेपाली युवा टोली फाइनलमा भारतसँग पराजित भएपछि उपविजेता भएको थियो ।

नेपालको उमेर समूहमा पछिल्लो समय देखिएको समस्यामा खेलाडीको प्रदर्शनमा कन्सिस्टे्न्सी नहुनु, उमेरसमूहका फुटबल प्रतियोगिताहरु ‘प्रोपर’ रुपमा हुन नसक्नु, यस्ता प्रतियोगिता काठमाडौं केन्द्रित भएर जिल्लामा रहेको प्रतिभालाई पहिचान गर्न नसक्नु, भौतिक र प्राविधिक रुपमा अन्य देशहरुको तुलनामा अगाडि बढ्न नसक्नु नै नेपाली फुटबलको समस्याका रुपमा रहेको खेल विश्लेषकहरुको भनाइ छ ।

‘अखिल नेपाल फुटबल संघ (एन्फा) ले विद्यालयस्तरीय प्रतियोगिताका रुपमा क्वीक्स कप र ललित स्मृति यु–१८ फुटबल लिगको आयोजना गर्यो । तर, ति दुवै प्रतियोगिताले मापदण्ड छुन सकेन । नत, ती प्रतियोगिता ‘प्रोपर’ रुपमा संचालन हुन सके न जिल्लाका खेलाडीलाई त्यसले समेट्न सक्यो ,’ एक जना खेल विज्ञले नाम उल्लेख नगर्ने शर्तमा भने,‘हामीले आफ्नो विगत राम्रो भनिरहँदा त्यसको समीक्षासमेत गर्न विर्सिरहेका छौं । अहिले हामीसँग खेल्ने विपक्षी राष्ट्रहरुले आफ्नो विकासको गति तीव्र पारेका छन् । त्यसको अनुपातमा हामी निकै पछि छौं ।’

नेपाल भुटानसँग पराजित हुँदा नेपाली फुटबलमा यसले ठूलो क्षति गरेको उनको भनाइ छ ।

‘यसले नेपाललाई ठूलो घाटा गर्छ, भुटानविरुद्धको खेलमा प्राविधिक रुपमै नेपाल कमजोर रह्यो,’ उनले भने ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङलाई पनि पछिल्लो समय नेपाली युवा टोलीले एक पछि अर्को कमजोर प्रदर्शन गरिरहेको बताउँछन् ।

‘दक्षिण एसियाली क्षेत्रमा उमेर समूहमा नेपाल बलियो टोली हो । विगतमा उमेर समूहमा राम्रो गरिरहेको नेपालको पछिल्लो समय प्रदर्शन निकै कमजोर बन्दै गएको छ,’ पूर्व कप्तान गुरुङले भने,‘पहिला उमेरसमूहमा राम्रो थियो । तर, अहिले उमेरसमूहमै नेपाली फुटबल कमजोर हुँदै गएको छ ।’

पूर्व कप्तान गुरुङ युवा टोलीले जोर्डन आफ्नो समूहमा बलियो टोली पाएको बताउँछन् । तर, साफ भने नेपालभन्दा तुलनात्मक रुपमा दुवै टोली कमजोर रहेको उनको भनाइ छ ।

यु–१८ साफ च्याम्पियनसिपमा नेपाल रहेको समूह ए मा माल्दिभ्स र भुटान थिए । नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग भने हार टार्न सकेन ।

‘परिवर्तन एन्फाको’ नारा लिएर सातदोबाटो छिरेको कर्मा छिरिङ शेर्पा नेतृत्व भने एक पछि अर्को गर्दै मैदानमा असफल हुँदै आएको फुटबल विश्लेषक बताउँछन् । सिनियर टोलीदेखि उमेर समूहसम्मका खेलमा एकपछि अर्को असफलता हात पारिरहँदा पनि एन्फाले भने त्यसलाई सच्याएर अगाडि बढ्न नसकेको भन्दै एन्फाको आलोचना भइरहेको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधर भने उमेरसमूहमा नेपालले व्यहोरेको प्रदर्शनलाई प्रशासनिक भन्दा पनि मैदानमै कमजोर भइरहेको बताउँछन् ।

‘यु–१६ मा हामीले धेरै अपेक्षा गरेका थिएनौं । तर, नेपालमै भएको यु–१८ साफमा तयारी राम्रो भएको प्रशिक्षकदेखि खेलाडीसम्मले हामीलाई बताएका थिए,’ महासचिव तुलाधरले भने,‘अपेक्षा विपरित नतिजा आएको छ । यसमा हामी कडारुपमा पनि अगाडि बढ्न सक्छौं ।’

महासचिव तुलाधरले प्राविधिक टोलीलाई चेतावनी दिइरहँदा पूर्व कप्तान गुरुङ भने मैदानमा खेलाडीको कमजोर भएको मान्न तयार छैनन् ।

‘नेपालमा खेलाडीका लागि खेल्ने वातावरण नै छैन । उमेर समूहमा मात्रै होइन, सिनियर टोलीमा पनि खेल कमजोर भइरहेको छ । पहिला हामी भुटानसँग किन खेल्ने भन्थ्यौं भने अहिले हामी भुटानसँगै डराउनु पर्ने अवस्था आएको छ ।

उनीहरु प्राविधिक रुपमा अगाडि आए हामी झन् कमजोर हुँदै गयौं । यसमा म चाहीँ खेलाडीको दोष देख्दिन्,’ पूर्व कप्तान गुरुङले थपे,‘खेलको २०–३० दिन अगाडि क्याम्पमा बोलाउँदैमा हुन्छ ? उनीहरुले कस्तो अवस्थामा प्रशिक्षण गरे, मैदान कस्तो थियो । खाना कस्तो किसिमको ख्वायौं जस्ता कुुराहरुले पनि यसमा अर्थ राख्छ ।’

विगतमा एन्फा एकेडेमीबाट राम्रा खेलाडी उत्पादन हुने गरेको बताएका गुरुङले अहिले त्यो खालका खेलाडी आउन नसकेको बताउँछन् ।

‘यसअघि एन्फा एकेडेमीका खेलाडी राम्रो हुन्थे । ‘सिस्टमेटिक’ हुन्थ्यो एकेडेमी अहिले पनि छ । तर, प्रभावकारी हुन सकेन्,’ गुरुङले भने ।

पूर्व कप्तान गुरुङले पछिल्लो समय एन्फाले चालेको ग्रासरुट कार्यक्रम प्रभावकारी बनाउन सके आगामी दिनमा राम्रो खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

महासचिव तुलाधरले उमेरसमूहमा देखिएको कमजोरीलाई स्वीकार्दै भने,‘अहिलेको समस्यामा सुधारको आवश्यकता छ । भौतिक संरचनाका आधारमा हामीसँग खेल्ने टोली खासै धेरै समृद्ध त छैनन् तर, पनि हामीले सुधार गर्नु चाहिँ पर्छ ।’

नेपाली फुटबलका विश्लेषक सञ्जीव मिश्र उमेरसमूहका प्रतियोगिताको संरचना परिवर्तन गर्नु आवश्यक रहेको बताउँछन् ।

‘उमेर समूहका प्रतियोगिताको संरचनामा केही परिवर्तन गर्ने हो कि जस्तो लाग्छ । ट्यालेन्ट हन्ट गर्दा राम्रोसँग गर्नु पर्छजस्तो लाग्छ,’ विश्लेषक मिश्रले भने,‘अहिले उमेर समूहका प्रतियोगिता काठमाडौंमै भइरहेका छन् । सबै जिल्लामा रहेका यु–१८ का खेलाडीहरु छनोटबाट छान्नु पर्दा ‘क्वालिटि’ बेस छनोट हुनसक्छ ।’

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ४४ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप