दिवंगत भएकाको फोटो यी स्थानमा राख्दा ख्याल गर्नुस्, हुन्छ अशुभ | Khabarhub Khabarhub

दिवंगत भएकाको फोटो यी स्थानमा राख्दा ख्याल गर्नुस्, हुन्छ अशुभ


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा हामी यस्तो गल्ती गर्छाै, जसले हामीलाई फाइदा पूर्याउनुको सट्टा हानी गर्ने गर्दछ ।

अहिले सोह्र श्राद्ध चलिरहेको छ, सोह्र श्राद्धको अवसरमा पितृपक्ष हुने भएकाले अधिकाशं मानिसले पूर्ण रीतिथिती अनुसार आफ्ना पूर्वज तथा पितृको श्रद्धापुर्वक सम्झना तथा आरधना गर्दछन् ।

पितृपक्षको अवसरमा हामी जान अन्जानमा हाम्रा पूर्वज तथा पितृको तस्वीर घरका कुनै भागमा श्रद्धा पूर्वक राख्ने गर्दछौ । तर श्रद्धाका नाममा अनुचित स्थानमा पूर्वजको तस्वीर राख्नाले कतिपय अवस्थामा हानी समेत हुनसक्छ । आखिर कुन कुन स्थानमा पूर्वजको फोटो राख्नु हुदैन त :

१. दिवंगत भएका पूर्वज तथा पितृको तस्वीर भगवान वा देवीदेवताको तस्वीरका साथमा राख्नु हुदैन । यसले तपाईको परिवारमा हानी पुर्याउन सक्छ । देवीदेवतालाई दिवंगत पितृ भन्दा पुजनीय मानिन्छ । तसर्थ समान स्थान वा स्वरुपमा मृतक आफन्तको तस्वीर देविदेवताका बीचमा राख्नाले यसले नकारात्मक असर पुर्याउन सक्छ । यसरी पितृको फोटो सगैं राख्नुलाई देवदोष मानिन्छ ।

२. मृत आफन्त तथा पूर्वजको तस्वीर घरको मध्य अथवा ब्रम्ह स्थानमा राख्नु हुँदैन । यसो गर्नाले घरका जिवित ब्यक्तिको मानसम्मानमा कमी आउने मान्यता छ । घरको बीच भागमा पितृको तस्वीर राखेमा समाजमा प्रतिष्ठामा आच आउने संभावना हुन्छ । साथै पश्चिम वा दक्षिण दिशामा समेत पितृको तस्वीर राख्नाले सम्पत्ति हानी हुने वा हराउने भय रहन्छ ।

३. दिवंगत आफन्तको तस्वीर घरका धेरै भागमा वा एकै मृत ब्यक्तिको तस्वीर धेरै स्थानमा समेत राख्नु हुदैन । यसले घरका परीवारजनमा मानसिक दबाब तथा तनाव बढ्ने हुन्छ । मृतक आफन्तको तस्वीर कुनै एक निश्चित स्थान बाहेक अन्यत्र लगाएमा यसले परीवारको सदस्यमा मनमुटाव बढाउने गर्दछ ।

४. घरमा राखिएका पितृको तस्वीर सिधा वा झुण्डिएको वा हल्लिने गरी राख्नु हुदैन । यस्तो भएमा परिवारमा त्राश र डर बढ्ने गर्दछ । साथै कुनै पनि मृत मानिसको तस्वीरको साथमा जीवित व्यक्तिको तस्वीर समेत राख्नु हुदैन । अन्यथा मानिसको स्वभाव परीवर्तन भई तस्वीरमा भएको जिवित ब्यक्ति बिराबी हुनसक्छ ।

५. मृतक पूर्वजको तस्वीर कोहि कसैको बेडरुमको भित्तामा राख्नु हुदैन । अझ साना बच्चा वा दम्पती सुत्ने कोठामा पूर्वजको तस्वीर हुनु निकै हानिकारक मानिन्छ । यसले पूर्वजको अपमान हुने तथा सुतेको समयमा खराब सपना लगातार देख्ने हुनसक्छ । साथै पूर्वजको तस्वीर भान्साकोठामा समेत राख्नुहुदैन । भान्सा कोठामा पूर्वजको तस्वीर राखेमा घरमा हमेशा अशान्ती छाउछ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : २१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका