साढे आठ लाखको गुटखा बरामद | Khabarhub Khabarhub

साढे आठ लाखको गुटखा बरामद


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सशस्त्र प्रहरी बल सर्लाहीले साढे आठ लाख मूल्य बराबरको सुर्तीजन्य गुटखासहित एक थान पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण १० हेडक्वार्टर कविलासी सर्लाहीले नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको ना२च ५९७८ नम्बरको पिकअप भ्यानलाई कविलासी नगरपालिका–८ अगर्वा चौकमा चेकजाँच गर्दा सुर्तीजन्य गुटखा पक्राउ गरेको हो ।

विशेष सुराकीका अधारमा प्रहरी नायब निरीक्षक प्रमोदकुमार सिंहको टोलीले गुटखा बरामद गरेको हो । बरामद गरिएको गुटखाको भ्याट बिलअनुसार मूल्य आठ लाख ३९ हजार ४४८ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गुटखामा क्यान्सरको चित्र देखिने गरी तस्बिरमा ९० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको हुनुपर्नेमा ४० प्रतिशत मात्र स्वास्थ्यसम्बन्धी चेतावनी लेखिएको गुटखासहित पिकअप भ्यान नियन्त्रणमा लिइएको सर्लाहीका प्रजिअ मोहनबहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०