कमल थापा नेतृत्वको राप्रपा छाडे महामन्त्रीसहित २२ नेताले | Khabarhub Khabarhub

कमल थापा नेतृत्वको राप्रपा छाडे महामन्त्रीसहित २२ नेताले


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाका २२ जना नेताले एकैपटक पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसहित १४ जना केन्द्रीय सदस्य र बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायमा रहेकाहरु रहेको  महामन्त्री चन्दले दाबी गरे ।

विगतदेखि नै तीनवटै राप्रपा एक हुनुपर्ने बताउँदै आएका महामन्त्री चन्दले सो प्रयास सफल हुन नसकेपछि पार्टी परित्याग गरेको बताए ।

पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की लगायत छन् ।

पार्टी परित्याग गरेकाहरु राप्रपा संयुक्तमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन एकीकृत राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता भएर राप्रपा संयुक्त बनेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ९ : ४१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा