नाइजेरिया चुनावः मतदान सम्पन्न | Khabarhub Khabarhub

नाइजेरिया चुनावः मतदान सम्पन्न


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफ्रिकी मुलुक नाइजेरियामा शनिबार राष्ट्रपतीय तथा संसदीय निर्वाचनका लागि मतदान भएको छ । राष्ट्रपतीय निर्वाचनका लागि ७० जनाभन्दा धेरैले उम्मेद्वारी दिएका छन् । यद्यपि चुनावमा वर्तमान राष्ट्रपति मुहमदु बुहारी र अतिको अबुबकरबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।

निर्वाचनका लागि देशभरी एक लाख २० हजार मतदान केन्द्र तय गरिएका थिए । निर्वाचनको मतदान विहान ७ बजेबाट सुरु भएको थियो । अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता ढिलो गरी यो साताको शनिबार मतदान भएको हो ।

राष्ट्रपतीय निर्वाचन बाहेक संसदीय निर्वाचनका लागि पनि शनिबार नै मतदान भएको हो । यो निर्वाचनबाट तल्लो सदन प्रतिनिधि सभाका लागि ३ सय ६० तथा माथिल्लो सदन सिनेटका लागि १ सय ९ जना सांसद चुनिने छन् ।

संसदीय निर्वाचनमा ६५ सयले उम्मद्वारी दिएको नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको अन्तिम नतिजा अर्को हप्तासम्ममा आइसक्ने अनुमान गरिएको छ । नयाँ राष्ट्रपति चार बर्षका लागि चुनिने छन् ।
कडा सुरक्षा व्यवस्था र केही हिंसात्मक घटनाहरुका बीचमा नाइजेरियामा लामो समयपछि निर्वाचन हुन लागेको हो । चुनावको अन्तिम नतिजा आगामी साता आउने जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ११ : ३० बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको