लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज | Khabarhub Khabarhub

लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी- भारतमा रहेको एन्फा—२१ टोलीले ‘डाक्टर टी आओ’ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप अन्तर्गत शनिबार भएको खेलमा जित हात पार्दै ६ अंकका साथ सेमिफाइलनको यात्रा सहज बनाएको छ ।

पहिलो खेलमा मेघालयसँग पराजित  नेपाली टोलीले त्यसपछिका दुई खेलमा लगातार जित हात पार्दै अंक तालिकामा ६ अंक बनाएको हो । शनिबार भएको मणिपुरविरुद्धको खेलमा नेपाल ३–१ गोल अन्तरले विजयी भयो ।

एसएआइ स्टेडियममा भएको खेलमा नेपालको जितका लागि खेलको १९ औं मिनेटमा  अभिषेक रिजालले खाता खोले । त्यस्तै खेलको ३० औं मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–० को स्थितिमा पुर्‍याए ।

पहिलो हाफ २–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा एक गोल गर्दै ३–१ को जित निकालेको हो । खेलको ५४ मिनेटमा मणिपुरका लागि सोङ्पु सिंगितले एक गोल फर्काएका थिए ।

निकै नै रोमाञ्चक बनेको खेलमा ७८ औं मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै अभिषकले बललाई जाली चुमाउँदै ह्याट्रिक पुरा गरे । खेलको म्यानअफदि म्याच पनि अभिषेक नै बने ।

शनिबारको खेलमा जित हात पारेपछि टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,’ ‘मणिपुरविरुद्धको खेलमा जित हात पारेसँगै नेपाली टोलीमा थप हौसला मिलेको छ, आगामी खेलमा पनि जित हात पार्दै उपाधि चुम्नेछौं ।’

पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित भएको नेपाल दोस्रो खेलमा त्रिपुराविरुद्ध ८-० ले विजयी भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : १२ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका