निजी अस्पतालमा पनि निःशुल्क उपचारको गृहकार्य : उपप्रमुख खड्गी | Khabarhub Khabarhub

निजी अस्पतालमा पनि निःशुल्क उपचारको गृहकार्य : उपप्रमुख खड्गी


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–१ लगायत विभिन्न सामाजिक संस्थाले नक्सालमा शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा ५ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न नसक्ने सर्वसाधारण तथा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा बिपी कोइराला लायन्स अध्ययन केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, फेमिली डेण्टल सोलुसनका चिकित्सकले आँखा, दाँत र सामान्य परीक्षण गरी निःशुल्क सेवा उपलब्ध गराएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै कामपाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्र भएका निजी अस्पताल सञ्चालकले गरीब तथा विपन्न वर्गका लागि निःशुल्क उपचारका साथै सहुलियत उपलब्ध गराउनका लागि गृहकार्य भइरहेको बताइन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ चिकित्सक डा विपीन नेपालले स्वस्थ्य जीवनका लागि शारीरिक व्यायाम गर्नुपर्ने, धूमपान तथा मदिराको सेवन गर्न नहुने तर्क गरे । त्यसैगरी बिपी कोइराला लायन्स अध्ययन केन्द्रका रवीकुमार पौडेल, नेपाल उद्यमशील महिला सङ्घका अध्यक्ष रम्भा श्रेष्ठ, कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यलगायतले खाद्यवस्तुमा प्रयोग भइरहेका विषादी, प्रदूषणले बिग्रदै गएको वातारण, अल्छीपनालगायतले पनि विभिन्न रोगको सङ्क्रमण बढ्दै गएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ५ : १५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको