डीपीएलको उपाधि चुम्यो सिवाइसी अत्तरियाले | Khabarhub Khabarhub

डीपीएलको उपाधि चुम्यो सिवाइसी अत्तरियाले


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढीमा सम्पन्न तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा एक सय २३ रन बनाउँदै अलआउट भयो । उसले सुरुवात भने राम्रो हुन सकेन ।

जवाफमा अत्तरियाले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे । भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरे  ।

१ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन बनायो । यो जितसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप विजेता टोली महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।

अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा अभिनास बोहोरालाई पाँचौ बलमा सन्नी पटेलले छक्का हान्दै उपाधि जिताए । अत्तरियालाई उपाधि दिलाउन सन्नीले २६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४७ रनमा अविजित रहे ।

अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा १ चौका सहित मात्र १७ रन बनाउन सके । १७ ओभरको चौथो बलमा ऐरीलाई मोहम्मद नाविदले बोल्ड आउट गरे । ओपनर ज्ञानेन्द्र कुवँर जय किशन कोल्सावालाले ५ ओभरमा ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ४ : ३८ बजे

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि