केली क्राफ्ट संयुक्त राष्ट्रसंघका लागि नयाँ अमेरिकी राजदूत | Khabarhub Khabarhub

केली क्राफ्ट संयुक्त राष्ट्रसंघका लागि नयाँ अमेरिकी राजदूत


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका छन् ।

केन्टकी राज्यकी क्राफ्टलाई केन्टकी राज्यकै सिनेटर तथा सिनेटमा बहुमत नेता मिच मक्कोन्नलको सिफारिसमा संयुक्त राष्ट्रसंघका लागि राजदूतमा नियुक्त गरेका हुन् ।

क्राफ्टले शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री माइक पोम्पेओ तथा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँग भेटवार्ता गरेकी छिन् ।

उनले औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुअघि कङ्ग्रेसमा उनको सुनुवाई हुनेछ ।

चार महिनाअघि संयुक्त राष्ट्रसंघका लागि तत्कालिन राजदूत निक्की हेलीले राजीनामा दिएपछि राष्ट्रपति ट्रम्पले नयाँ राजदूतको खोजी गरिरहेका थिए । यद्यपि संयुक्त राष्ट्रसंघका लागि नयाँ अमेरिकी राजदूतले मन्त्रिपरिषद्मा मन्त्रीको दर्जा भने नपाउने जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ३ : १४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द