मोबाइल चोरीमा संलग्न चार जना पक्राउ | Khabarhub Khabarhub

मोबाइल चोरीमा संलग्न चार जना पक्राउ


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पसलको सटर फोरेर मोबाइल चोर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको हो । बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो ।

प्रहरीका अनुसार कपन तेञ्जिङ चोकमा रहेको कोनिका इलेक्ट्रोनिक पसल सञ्चालन गरी बस्ने गोपाल राईको पसलको सटर फोरेर मोबाइल लगायतको सामान चोरेका थिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ गरिएका उनीहरुलाई प्रहरीले चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ । पक्राउ परेका सबै बालबालिका भएकाले उनीहरुलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ३ : ०७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार