नेपालको भ्रमणपछि अष्ट्रियाली विदेशमन्त्री भुटान प्रस्थान | Khabarhub Khabarhub

नेपालको भ्रमणपछि अष्ट्रियाली विदेशमन्त्री भुटान प्रस्थान


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल नेपालको तीन दिने औपचारिक भ्रमणमा पूरा गरी शनिबार भुटान प्रस्थान गरेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी उनले नेपालमा रहँदा आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्माओलीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

उनले ललितपुर दरबार क्षेत्रका सम्पदा संरक्षणमा आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन प्रवद्र्धन तथा ऊर्जा विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्नेमा आफू ढुक्क रहेको अभिव्यक्ति दिएकी थिइन् ।

विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी तथा अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले बिदाइ गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका