के चाहन्छन् २२ औं पटक सगरमाथा चढिसकेका कामिरिता ?  | Khabarhub Khabarhub

के चाहन्छन् २२ औं पटक सगरमाथा चढिसकेका कामिरिता ? 



काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालीको पहिचान हो । यही पहिचानसँग प्रत्यक्ष जोडिने जाति हुन्– शेर्पा । जसले विश्वका हिमाल आरोहीलाई सगरमाथाको चुचुरो चुमाउने काम मात्र गरेका छैनन् आफै कीर्तिमानी राख्दै देशको शिर उचो बनाउने काम गरेका छन् ।

त्यस्तै कीर्तिमानधारी नेपाली हुन्– कामिरिता शेर्पा । जसले २२ पटकसम्म सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरिसकेका छन् भने २३ औं पटकको तयारीमा समेत जुटेका छन् ।

सन् १९५३ को २९ मेमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले ‘दक्षिण कोल’बाट सगरमाथाको सफल आरोहण गरिसकेपछि हालसम्म सयौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेयता कामरिताले २२ पटक सर्वोच्च शिखरमा पुगिसकेका छन् । सोलुखुम्बु जिल्लाको थामे गाउँमा बसोबास गर्दै आएका शेर्पाले सगरमाथाबाहेक अन्नपुर्ण चौथो, चो ओयु, ल्होत्से, माउण्ट केटु, मनास्लु लगायतका शिखरको सफल आरोहण गरिसकेका छन् ।

कामरिताले पछिल्लो पटक भने अघिल्लो वर्ष मे १६ मा सगरमाथाको शिखर चुमेका थिए । २२ पटक सगरमाथा आरोहणसहित उनले हालसम्म ८ हजार मिटर उचाईमाथिका हिमालहरुको ३४ पटकसम्म आरोहण गरिसकेका छन् ।

सगरमाथाबाहेक उनले ८,२०१ मिटर उचाईको चोयु हिमालको ८ पटक, ल्होत्सेको एक पटक, माउण्ट केटु हिमालको एक पटक तथा मनास्लुको दुई पटक सफल आरोहण गरेका छन् । उनी अब २३ औँ पटक सगरमाथाको आरोहण गर्ने तयारीमा छन् ।

सगरमाथाको सफल आरोहणको पर्याय बनेका कामिरिताले खबरहबसँग कुरा गर्दै भने, ‘ मैले पटक–पटक सगरमाथाको आरोहण गर्नु ‘रेकर्ड ब्रेक’ गर्नुभन्दा पनि पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु हो, नेपालका हिमालहरुलाई विश्वमाझ चिनाउनुका साथै नेपालमा विदेशीहरुको आकर्षण बढाउनु हो ।’

विश्वमा ८ हजार मिटरमाथिका अग्ला १० हिमालमध्ये ८ वटा हिमाल नै नेपाल पर्दछन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयू, मनास्लु, धवलागिरी र अन्नपूर्ण नेपालका ८ हजार मिटर माथिका अग्ला हिमाल हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १२ : २६ बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर