अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट | Khabarhub Khabarhub

अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोभियत संघले सन् १९५७ मा पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदैछ । नयाँ पत्रिकाले छापेको समाचारमा जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले झण्डै डेढ वर्ष लगाएर यो स्याटलाइट तयार पारेका हुन्।

यो नेपालको पहिलो भूउपग्रह बनेको भन्दै वैज्ञानिक मास्केले नेपालका लागि ठूलो उपलब्धी रहेको बताएका छन् । स्याटलाइटले नेपालबाटै तथ्यांक संकलन गर्नेछ । नास्टका उपकुलपति डा सुनीलबाबु श्रेष्ठले यो स्याटलाइटले दशकौंदेखिको सपना पूरा हुन लागेको बताए ।

त्यस्तै नेकपाको एकीकरण कार्यदल भंग शीर्षकको समाचारमा कार्यदल संयोजकले नै काम गर्न सक्दैनौ भनेपछि भंग गर्ने निर्णय भएको उल्लेख छ । बरिष्ठ नेता झलनाथ खनालले सातदिनको समय दिँदा कार्यदल संयोजक तथा बरिष्ठ सदस्यले नै काम गर्न सक्दैनौ भनेपछि त्यसको पुर्नगठन गर्नुभन्दा सचिवालयले नै गर्ने भन्ने निर्णय भएको बताए ।

त्यस्तै एनसेल मुख्यालयमा बम विस्फोट भएको खबर छापिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको