चेम्बरको तीज व्यापार मेला शुरु | Khabarhub Khabarhub

चेम्बरको तीज व्यापार मेला शुरु


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आजदेखि शुरु भएको छ ।

राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा तीज व्यापार मेला शुरु भएको हो । दुई दिने व्यापार मेलाको प्रदेश ३ सांसद एंव पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् ।

उनले महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि महिला चेम्बरले सहयोग गर्नुपर्ने बताइन् । उनले महिलाहरुले पनि आफू उद्यममा लाग्न आफै क्रियाशील हुनुपर्ने बताइन् ।

उद्घाटन कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरले गरेको कार्यले महिला तथा उद्योमीको लागि थप भूमिका खेलेकोमा जोड दिए । उनले यस्तो मेलाले महिलामा थप ऊर्जा मिल्ने अपेक्षा गरे ।

कार्यक्रममा महिला चेम्बर अफ कमर्शका अध्यक्ष उर्र्मिला श्रेष्ठले महिला शसक्तिकरणका लागि यो दोस्रो मेलाको आयोजना गरिएको जानकारी दिइन् । मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म÷कम्पनी, संघ–संस्थाहरूको स्टलद्धारा सहभागिता रहेको छ ।

मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण रहेको चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ११ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति