सांसदको माग– कश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्छ | Khabarhub Khabarhub

सांसदको माग– कश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्छ


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरकको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम वस्तीको स्थानान्तरणबारे सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले काश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए । छिमेकी मुलुकहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याए ।

उनले भने “ नजिक बाट नियकाल्दै छौ हामी भनेर परराष्ट्र मन्त्री जू ले भन्नुभयो । यो नियाल्ने काम कहिले सम्म हुन्छ । कहिले सम्म नियालि राख्ने ? आँट छ भने यो सरकारले बोलोस् । के बोल्छ बोलोस् अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ । ”

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दैछ भन्ने संदेश गएको उल्लेख गर्दे उनले यस्तो संवेदनशिले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए । भारतसंगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असर बारे समयमै सोच्न उनले आग्रह गरे ।

उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाउनुभयो । १९ सय ५० को सन्धिका बारेमामा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उहाँले असन्तुष्ठी जनाए ।

उनले भने “व्याक टु मंगलमान भयो । घुमिफिरी रुम्जाटार भयो ।”

२०४८ साल मै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने तर्क उनको थियो ।

राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुराका विभिन्न गाउँ बाढी पहिरोको जोखिमको खतरामा रहेको भन्दै जोखिम युक्त बस्तिका बासिन्दालाई सुक्षिप्त स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए ।

बाजुरा जिल्लाको गौमुल गाउपालिका १ को अन्द्राणी गाउँमा गाउँ भन्दा तल रहेको खोलामा ठूलो बाढी आएर गाउँ सम्म पुगेको र माथिबाट आएको पहिरोले गाउँ नै असुरक्षित भएको र त्यस्तै किसिमको समस्यामा दर्जन बढी गाउँ परेको भन्दै उनले तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । जोखिममा रहेका वस्ती पहिचान गरि स्थानान्तरणको सुझाव सहित विगतमा अध्ययन प्रतिवेदन बुझाउने काम भएको स्मरण गराउदै एककीकृत वस्ती विकासको योजना साथ अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले विपद परेको बेला मात्रै व्यूँझे जस्तो गर्ने त्यसपछि विर्सने सरकारको कार्यशैली लाई “छेपारोको घर बनाउने सपना ” को संज्ञा दिए ।

राष्ट्रियसभा सदस्य खेमराज नेपालीले मैथिली भाषालाई रेडियो नेपालको केन्द्रीय प्रशारणबाट हटाईएकोमा गम्भीर आपत्ती जनाए । मैथिली भाषा एउटा प्रदेशमा मात्रै सिमित नभएको भन्दै मैथिली भाषालाई संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य रामप्रित पासवानले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिभिटीले भर्रखरै सार्वजनिक गरेको प्रोफिसेन्सी सर्टिफिकेट इन जेनेरल मेडिसिनको नतिजामा दलित लगायतका विद्यार्थीलाई दिईने कोटामा गैह्र दलितको नाम निकालिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको अर्को बैठक आईतबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  २ : २० बजे

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।