एकदिवसीय क्रिकेट वरियतामा नेपालको घटुवा | Khabarhub Khabarhub

एकदिवसीय क्रिकेट वरियतामा नेपालको घटुवा


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक भएको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा रहेको छ । यसअघि आईसीसी बरियतामा नेपाल १५ औं स्थानमा थियो । पछिल्लो समय नेपालले युएईसँग एकदिवसीय शृङ्खला खेलको थियो ।

उक्त शृङ्खला नेपालले २–१ ले जीतेको थियो । त्यसयता भने नेपालले कुनै पनि देशसँग अन्तर्राष्ट्रिय शृङ्खला खेल्न पाएको छैन् । तर, पनि अन्य देशको तलमाथि हुँदा नेपालको एक स्थान घटुवा भएको हो ।

नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ रेटीङ पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

आईसीसी टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत रहदै ११ औं स्थानमा यथावत रहेको छ । नेपालले १४ खेलमा २०१ रेटीङ पाएको छ । टी–ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १ : ५१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको