चितवन पुगेका पुष्पल र साम्राज्ञीले भने– रवि लामिछाने जनताका राजा हुन् ! | Khabarhub Khabarhub

चितवन पुगेका पुष्पल र साम्राज्ञीले भने– रवि लामिछाने जनताका राजा हुन् !


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नायक पुष्पल खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सञ्चारकर्मी रवि लामिछाने जेल पर्दा दुः ख लागेको बताएका छन् ।

चितवन पुगेका नायिका शाहले सत्यले न्याय पाउनु पर्ने भन्दै रवि सत्यको पक्षमा रहेकोले बताइन् । राम्रो र नराम्रो छुट्याउन सक्नुपर्ने भन्दै उनले राम्रो कुराले न्याय पाउनुपर्ने बताइन् ।

त्यस्तै नायक पुष्पल खड्काले रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा भएको बताए । ‘ रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा हुन्’ खड्काले भने, ‘उहाँहरुले सरकार र राजनीतिज्ञले गर्न नसकेको धेरै काम गर्नुभएको छ ।’

नायक खड्काले रविले गलत गरेकोमा आफूलाई विश्वास नलागेको बताए । ‘उहाँले त्यस्तो गर्नु भएको छैन जस्तो लाग्छ,’ उनले भने,‘अन्यायले न्याय पाउनु हुँदैन ।’

साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई रविलाई भेट्न जान मन भएको बताइन् । ‘उहाँलाई भेट्न जान मन छ तर मैले सुनेको उहाँको आफन्त र नजिकको मानिसलाई मात्र दिन्छ रे’ शाहले भनिन्,‘भेट्न जान प्रयास गर्छौं, भेटेर उहाँलाई सपोर्ट गर्छौ ।सपोर्ट गरियो भने उहाँलाई उर्जा मिल्छ ।’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : २२ बजे

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०