काठमाडौंमा चार स्थानमा स्मार्ट सिटी बनाइँदै, पाँच वर्षभित्र नयाँ शहर बन्ने | Khabarhub Khabarhub

काठमाडौंमा चार स्थानमा स्मार्ट सिटी बनाइँदै, पाँच वर्षभित्र नयाँ शहर बन्ने



काठमाडौं– उपत्यका विकास प्राधिकरणले राजधानीका चार स्थानमा बन्ने नया शहर अथार्त् ‘स्मार्ट सिटी’ निर्माण गर्ने कामलाई तिव्रता दिएको छ । प्राधिकरणले राजधानीलाई सुविधासम्पन्न शहर बनाउनका लागि स्मार्ट सिटीको अवधारणा अघि सारेको थियो ।

प्राधिकरणका अनुसार गत अर्थिक वर्ष भक्तपुरमा बन्ने नयाँ शहरको डीपीआर तयार भइसकेको थियो भने चालु आर्थिक वर्षको पहिलो महिनामा अन्य २ शहरको डीपीआर रिपोर्ट तयार भइसकेको छ ।

३ स्थानमा बन्ने नयाँ शहरको डीपीआर रिपोर्ट आइसके पनि काठमाडौंमा बन्ने नयाँ शहरको डीपीआर तयार हुन अझै ५ महिना लाग्ने प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

‘४ वटा शहरको डीपीआर सम्पन्न भएसँगै आयोजना व्यवस्थापन समिति गठन हुनेछ’ खबरहवसँगको कुराकानीमा तिवारीले भने, ‘डीपीआर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश हुन्छ, परिषदमा निर्णय आएसँगै परियोजनाका लागि आर्थिक स्रोत संकलन हुनेछ र काम अघि बढ्नेछ।’

काम शुरु गरेको ५ वर्षभित्र व्यवस्थित पूर्वाधार सहितको नयाँ शहर बन्ने उनले दावी गरे ।

नयाँ शहरको योजना बनाउनका लागि आर्थिक वर्ष २०७५/२०७६ मा १८ करोड रुपैयाँ बिनियोजिन गरेको थियो । जसअन्तर्गत ठूलो परियोजनाका रुपमा रहेको भक्तपुरको लागि १२ करोड र बाँकी तीन परियोजनाका लागि २/२ करोडका दरले कुल ६ करोड रुपैयाँ बिनियोजित भएको थियो ।

साथै चालु आर्थिक वर्षका लागि काठमाडौंमा बन्ने नयाँ शहरको डीपीआर तयार पार्न २ करोड बजेट विनियोजित भएको छ ।

काठमाडौं उपत्यका विकास समितिको २४ वैशाख २०७४ को निर्णयअनुसार छनोट भएका चार स्थानमा नयाँ शहरको भौतिक तर्जुमा गर्नका लागि अहिले ती स्थानमा चार किल्ला तोकेर जग्गालाइ रोक्का गरिएको छ ।

कहाँ कहाँ बन्छन् नयाँ शहर ?

नयाँ शहर परियोजनाले छनोट गरिएको स्थानलाइ इसान, आग्नेय, नैऋत्य र उत्तर दिशाको नाम दिइएको छ ।

इसान काठमाडौं

पहिलो काठमाडौं इसानको डीपीआर निर्माणको कार्य लागि हेलेनको आर्टिटेक जेभी र नेपाल जेजे एसोसिएट्सले गरिरहेको छ । अहिले यसको अध्ययनको कार्य भइरहेको छ । मंसिरभित्रमा यसको डीपीआर रिपोर्ट आइसक्ने तिवारीको भनाइ छ ।

‘इसान १ लाख रोपनी क्षेत्रफलमा फैलने छ’ तिवारीले भने, ‘विकास गर्न लागिएका चार शहरमध्ये यो सबैभन्दा ठूलो हुनेछ।’

इसान काठमाडौंको पूर्व उत्तर दिशामा निर्माण हुन लागेको छ । जसमा पूर्वतर्फ भत्ततपुरबाट नगरकोट शहरको तेलकोट भञ्जाङसम्म फैलन्छ । त्यसैगरी पश्चिममा जोरपाटी क्रिकेट मैदान मूलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो पुग्नेछ भने उत्तरतर्फ साँख जाने सडक र साँखुबजारसम्म पुग्नेछ ।

काठमाडौं आग्नेय

दोस्रो काठमाडौं आग्नेयको डीपीआरको जिम्मा एमआरसी नेस्ट/एडीइले पाएको थियो । कम्पनीले डीपीआर रिपोर्ट केही समयअघि बुझाइसकेको छ । यो १० हजार क्षेत्रफलमा फैलने छ । यो काठमाडौंको पूर्वको अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडी सूर्यविनायक बाहिर पार्दै फेदको बाटो पुग्नेछ ।

पश्चिममा खहरे खोला बालकोट विरुवा सडक, पानी ट्याङकी, बालकोट अमरनगर हुँदै अरनिको राजमार्ग सिमानासम्म फैलिनेछ । उत्तरमा अरनिको राजमार्ग सिमानासम्म पुग्नेछ भने दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

नैऋत्य काठमाडौं

तेस्रो दक्षिण पश्चिमको डीपीआर निर्माणको कार्य टिइएसी फुल ब्राइट जिइयोकम जेभीले पाएको थियो । कम्पनीले विस्तृत आयोजना प्रतिवेदन रिपोर्ट प्राधिकरणलाई बुझाईसकेको छ । नैऋत्य शहर १० हजार रोपनी क्षेत्रफलमा फैलनेछ ।

पूर्वमा छ्यासीकोटदेखि साविक सैंवु गाविसको सिमाना हुँदै फर्सिडोल, बाग्मती नदीको झोलुंगे पुलसम्म फैलिनेछ भने दक्षिणतर्फ बाग्मती नदीसम्म पुग्नेछ ।

उत्तर दिशा काठमाडौं

चौथो परियोजनाका रुपमा काठमाडौं उत्तर सामाखुसी, टोखा रोड हुँदै बाइपास, काभ्रेस्थली, सपनातिर्थ, ग्रीनल्याण्ड चोकसम्म १० हजार रोपनी क्षेत्रफलमा फैलने छ । यसको डीपीआर कार्य सम्पन्न भइसकेको छ ।

कस्तो हुनेछ स्मार्ट सिटी ?

स्मार्ट सिटी भनेको नयाँ तथा आधुनिक शहर हो । आधुनिक शहरमा विषेशगरी पूर्वाधारलाइ मुख्य प्राथमिकतामा राखिनेछ । पूर्वाधार भन्नाले सडक तथा यातायात, खानेपानी, ढल निकास, विद्युत, फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट जस्ता भौतिक पूर्वाधार तथा विद्यालय, खुला क्षेत्र, बैंक तथा वित्तिय संस्था, सार्वजनिक पार्क, स्वास्थ्य चौकी लगायत पर्दछन् ।

त्यस्तै आधुनिक शहरमा खेल मैदान, विभिन्न हरियाली पार्क लगायत आधारभूत शहरी पूर्वाधारको विकास गरिनेछ । ‘यसअघि टाउन प्लानिङ भएका स्थानमा घडेरी प्लानिङ भएको थियो’ उनले भने, ‘अब साच्चि नै टाउन प्लानिङ हुनेछ ।’

जथाभावी रुपमा छरिएर रहेका बिजुली तारलाई अब बन्ने शहरमा अन्डरग्राउन्ड गरिनेछ भने फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल र औद्योगिक क्षेत्र समेत हुनेछन् ।

अब बन्ने नयाँ चार शहरमा यस्ता सुविधा रहनेगरी अवधारणा अघि सारिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ०२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको