उल्भ्सले टोरिनोलाई ३-२ ले हरायो | Khabarhub Khabarhub

उल्भ्सले टोरिनोलाई ३-२ ले हरायो


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा उल्भ्सले टोरिनालाई पराजित गरेको छ । यो जीत सँगै उल्भ्स युरोपा लिग छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत पहिलो लेगको खेलमा ईटालियन क्लब टोरिनोमाथि ३-२ को जित निकाल्दै उल्भ्स छनोट नजिक पुगेको हो ।

खेलमा अग्रता उल्भ्सले ४३ औ मिनेटमा सिल्भा नासिमेन्टोको आत्मघाति गोलबाट लिएको थियो । डियोगो जोटाले ५९ औ मिनेटमा गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाउने काम गरे ।

६१ औ मिनेटमा लोरेन्जो डी सिल्वेस्ट्रीले गोल गर्दै घरेलु टोली टोरिनोलाई खेलमा फर्काउने कोशिश गरे । तर ७२ औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै पाहुना टोलीलाई ३-१ को स्थितीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ एन्ड्रिया बेलोटीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको हार अन्तर घटाउने काम गरे ।

दोस्रो लेगको खेल अगष्ट २९ मा हुनेछ । विजेता टोली युरोपा लिगमा छनोट हुनेछ ।

दोस्रो लेगको खेलमा हारलाई हार्न सके वा एक गोलले मात्र खेल गुमाएको अवस्थामा उल्भ्स १९८०-८१ प्छि पहिलो पटक युरोपियन च्याम्पियनमा छनोट हुनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : १६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६