कतै तपाईलाई पनि डिप्रेसन त छैन ? यसरी बच्नुस् | Khabarhub Khabarhub

कतै तपाईलाई पनि डिप्रेसन त छैन ? यसरी बच्नुस्


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गएको छ । आत्महत्याको प्रमूख कारण डिप्रेसन पनि हो । डिप्रेसन भएका बिरामीले सही उपचार तथा परार्मश नपाएर उनीहरु आत्महत्याको बाटो रोज्न पुग्छन् ।

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । डिप्रेसनबाट विश्वका झण्डै ३ करोड जनसंख्या पीडित रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा आधिकारी तथ्यांक नभएपनि करिब ८ लाख नेपाली डिप्रेसनको समस्याबाट पीडित रहेको मनोचिकित्सकहरु बताउँछन् ।

डिप्रेसनको असर

डिप्रेसनका बिरामीले समयमा पहिचान रोग गरी उपचार तथा परामर्श गर्नुपर्छ । समयमा उपचार नपाएमा बिरामीमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक समस्याहरू आउँछ ।

–डिप्रेसन कडा हुँदै जान्छ,

–काममा असर पर्छ,

–बिरामीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम हुँदैन,

–सामाजिक र आर्थिक रुपमा कमजोर हुने अवस्था आउँछ,

–मनमा डर पैदा हुन्छ,

–सानो कुरामा पनि धेरै चिन्ता हुन्छ,

– आत्महत्याको भाव आउन सक्छ ।

यस्ता लक्षणहरु कसैमा छ भने ती व्यक्तिहरु डिप्रेसनबाट पीडित भएको हुनसक्छ । डिप्रेसनको समयमै पहिचान गरी उपचार र परार्मश लिएमा यो रोग निको हुन्छ ।

डिप्रेसन बाट यसरी बच्नुस्

–दैनिक काममा हुने तनावलाई सकारात्मक रुपमा लिने,

–समस्याहरुमा चिन्तानलिइ सामाधानको बाटो खोन्ने,

–डिप्रेसनको लक्षण देखिएमा मनोचिकित्सककोमा स्वास्थ्य जाँच गराउने,

–फुर्सदको समयमा रचनात्मक काम गर्ने,

–शरीरलाई चाहिने आराम पुरा गर्ने,

–स्वस्थकर खानपानमा ध्यान दिने ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ०१ बजे

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर