२ सयको काम गर्न २० हजार माग्ने घुसखोर कर्मचारी पक्राउ | Khabarhub Khabarhub

२ सयको काम गर्न २० हजार माग्ने घुसखोर कर्मचारी पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- चार हजार रुपैयाँ घुस लिने कर्मचारी पक्राउ परेका छन् । सेवाग्राही कुमार श्रेष्ठबाट घुस लिएका घरेलु तथा सानो उद्योग विकास समिति दोलखाका खरिदार पुष्कर अधिकारी मंगलबार अपराह्न आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुन।

वैत्यश्वर गाउँपालिका–१ गैरीमुदीका श्रेष्ठले होटल दर्ता गर्न जाने क्रममा २० हजार एक सय घुष मागेकोमा ४ हजारमा कुरा मिलेको थियो ।

तर कुमार श्रेष्ठले ४ वटा हजारको नोटको फोटो खिचेर पैसा दिएसँगै प्रहरीलाई समेत खबर गरेपछि खरिद अधिकारीलाई कार्यलयबाटै पक्राउ गरिएको थियो।

कार्यलय भएकै घरमा बस्ने गरेका अधिकारीको कोठामा खानतलासी गर्दा थप ६९ हजार नौ सय ५० रुपैयाँ रकम फेला परेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेसी काभ्रेका अधिकारीलाई जिल्ला प्रहरी कार्यलय दोलखामा राखि अनुसन्धान अगाडि बढाएको उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ०२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही