आमा छोरीलाई कुटपिट गरी लुटेर भागेका दुई जना पक्राउ | Khabarhub Khabarhub

आमा छोरीलाई कुटपिट गरी लुटेर भागेका दुई जना पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् । दुवै जनालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो । रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरुको साथबाट तीन थान मोबाइल, कानको सुनको जुली तथा स्काई, एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको छ ।

पुन र मगरले पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी जुनकुमारी पुन र उनकी छोरी रश्मीलाई गत जेठ ३२ गते कुटपिट गरी घाइते बनाउनुका साथै उनीहरुको साथमा रहेको रु एक लाख पाँच हजार रुपैयाँ , आधा तोला सुन, पाँच तोला चाँदी र मोबाइल लुटेका थिए ।

आमाछोरी यार्सागुम्बा सङ्कलन गरी घर फर्कँदै गरेको अवस्थामा उनीहरुले लुटपाट गरी फरार रहेका थिए । गम्भीर घाइते भएका आमा छोरीलाई गत असार १ गते नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो । पक्राउ परेका दुबैजनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन