नेपालमै रोजगारी सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाली व्यवसायीलाई आग्रह | Khabarhub Khabarhub

नेपालमै रोजगारी सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाली व्यवसायीलाई आग्रह


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कारियाका व्यवसायीलाई आग्रह गरेका छन् ।

दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै मन्त्री विष्टले अव नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाका व्यवसायीहरुको ध्यानाकर्षण गराए ।

मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सीप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन । मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पु¥याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : २२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६