नेपाली महिला सांसदसँग भारतीय राजदूतको सामूहिक छलफल | Khabarhub Khabarhub

नेपाली महिला सांसदसँग भारतीय राजदूतको सामूहिक छलफल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले नेपाली महिलाको क्षमता विकास र सशक्तिकरणका लागि महिला संसादसँग छलफल गरेका छन्। उनले सत्तारुढ दल तथा प्रतिपक्षी दलका महिला सांसदलाई बोलाएर नेपाली महिलाको सशक्तिकरणका विषयमा छलफल गरेका थिए ।

नेपालका महिला सांसदसँग सामूहिक तस्वीर खिचाउँदै भारतीय राजदूत पुरीले नेपाली महिलाको सशक्तिकरणका विषयमा छलफल गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा नेपाली सांसदसँगको सामूहिक तस्वीर राख्दै ‘नेपालका केही महिला सांसदसँग राजनीतिमा महिला सशक्तीकरणको विषयमा छलफल गर्न पाउँदा हर्षित छु,’ लेखेका छन् ।
हेर्नुहोस राजदूत पुरीको ट्वीट

राजदूत पूरीले सोमबार भारतीय दूतावासमा आमन्त्रण गरेर सांसदसँग छलफल गरेका हुन् । छलफल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको सहभागिता थियो।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : ४२ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार