नेपालीलाई प्रभावित बनाउने अमेरिकी नयाँ नीति: आप्रवासी तत्काल देश निकाला हुने | Khabarhub Khabarhub

नेपालीलाई प्रभावित बनाउने अमेरिकी नयाँ नीति: आप्रवासी तत्काल देश निकाला हुने


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौं- अमेरिकाले ल्याएको नयाँ नीतिले नेपाली पनि प्रभावित हुने भएका छन् । अमेरिकाले आफ्नो देशमा बस्दै आएका गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न सक्ने गरी नयाँ नीति बनाएको बीबीसीले जनाएको छ । यो नीति अनुसार अमेरिकी सरकारले अदालतलाई बाईपास गरेर बसेका आप्रवासीलाई तुरुन्त घर फिर्ता पठाउन सक्ने व्यवस्था गरेको छ ।

मंगलबार सार्वजनिक भएको यो नीति तुरुन्त लागू हुनेछ । नयाँ नियमअनुसार आधिकारिता पुष्टी गर्न नसकेका दुई वर्षदेखि अमेरिकामा बस्दै आएका आप्रवासीलाई तुरुन्तै पक्राउ गरेर आफ्नो देश पठाइनेछ ।

आप्रबासी प्रति निक्कै अनुदार देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीति नै बनाएर आप्राबासी हटाउने योजना बनाएको विश्लेषण गरिएको छ । २०२० मा हुने पुन निर्वाचन अभियानका रुपमा पनि यो नियमलाई हेरिएको छ ।

यो नीति लागू हुँदा अमेरिकामा गैर कानूनी रुपमा बसेका नेपाली पनि प्रभावित हुने भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन