विश्वकप छनोटको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित | Khabarhub Khabarhub

विश्वकप छनोटको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा नेपाल पहिलो खेलमा पराजित भएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले दिएको १सय२३ रनको लक्ष्य पछ्याएको कतारले ४ बल बाँकी रहँदा लक्ष्य पुरा गर्‍यो । आईसीसी वरियतामा बलिया रहेको नेपाली टोलीका ब्याट्सम्यान चल्न नसक्दा पहिलो खेलमा नेपाल पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पाएको कतारलाई रोक्न नेपाली बलरहरु पनि कमजोर सावित भए ।

नेपालविरुद्ध कतारका इनाम उल हकले उत्कृष्ट ब्याटिङ गर्दै ४१ र बनाए भने कमरान खानले २२ रन बनाएका थिए । कतारविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए भने करण केसीले समान ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चिदै किफयती बलिङ गरे ।

यसअघि नेपालले निर्धारित २० ओभर खेल्दै सवै विकेट गुमाएर १२२ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । ऐरीले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् ।

यस्तै कप्तान पारस खड्काले २८ रन जोडे । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । २४ बलमा उनले २ चौका र १ छक्का हाने । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे ।

विनोद भण्डारीले ३, करन केसीले ४, ललित नारायण राजव‌ंशी शुन्य, बसन्त रेग्मी १ र सन्दीप लामिछाने ९ रनमा पेभिलियन फर्किए । अभिनास बोहरा शुन्य रनमा अविजित रहे ।

कतारका लागि इकबल हुसेइनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले २/२ तथा इनाम उल हकले १ विकेट लिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ४९ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले