पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- अबिरल वर्षापछि गएको पहिरोले गुल्मीमा ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाले ज्यान गुमाएका हुन्।

वडा नम्वर ४ स्थित लिम्घाको भिरकुनामा पहिरोले तीन घर बगाउदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा ५ जना वेपत्ता भएका छन् । यस्तै वडानम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा पहिरोले घर भत्काउँदा २ जनाले ज्यान गुमाएका छन् । २ जना घाईते छन् ।

पहिरोमा पुरिएको अवस्थामा ४ जनाको शव भेटिए पनि उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी, नेपाली सेनालाई समेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए । घटनास्थलमा पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ०६ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ