नेपालले कतारलाई दियो १२३ रनको चुनौती | Khabarhub Khabarhub

नेपालले कतारलाई दियो १२३ रनको चुनौती


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालले जीतका लागि कतारलाई १२३ रनको चुनौती प्रस्तुत गरेको छ ।

सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै १२२ रन बनायो ।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । ऐरीले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् ।

यस्तै कप्तान पारस खड्काले २८ रन जोडे । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । २४ बलमा उनले २ चौका र १ छक्का हाने । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे ।

विनोद भण्डारीले ३, करन केसीले ४, ललित नारायण राजव‌ंशी शुन्य, बसन्त रेग्मी १ र सन्दीप लामिछाने ९ रनमा पेभिलियन फर्किए । अभिनास बोहरा शुन्य रनमा अविजित रहे ।

कतारका लागि इकबल हुसेइनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले २/२ तथा इनाम उल हकले १ विकेट लिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ०७ बजे

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय