किन खाने आँप ? | Khabarhub Khabarhub

किन खाने आँप ?


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फलफूलको राजा मानिने आँप स्वास्थ्यका लागि पनि निकै गुणकारी मानिन्छ । आँपमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर पाइन्छ। आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्छ।

आँप खाँदा हुने फाइदा

  • नियमित आँप सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
  • आँपमा पाइने फाइबर र भिटामिन सीले शरीरमा ‘कोलेस्ट्रोल लेवल’ कम गर्न मद्दत गर्छ।
  • आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखासम्बन्धी समस्याबाट बचाउँछ।
  • आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्छ।
  • आँप सेवनले ‘ब्लडप्रेसर लेवल कन्ट्रोल’ गर्न मद्दत गर्नुका साथै मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ।
  • आँपमा प्रशस्त मात्रामा आइरनले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्या हुन दिँदैन।
  • आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउँछ।

आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन–सी, भिटामिन –ए तथा २५ विभिन्न खाले कयारोटेन्वाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ ।

क्यान्सरको रोकथामा सहयोगी

आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालीन, फिसेटिन, स्गालीक एसीड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमस तथा एण्टीअक्सीडेन्ट हरु ले (कोलन), ठूलो आन्द्रा ,बक्षस्थल तथा रक्त क्यान्सर हुन बाट बचाउन सहयोगी हुने गर्दछ।

कोलेस्ट्रोल न्यून गराउन

आँपमा उच्च तहमा (फाइबर ) रेसा भिटामिन –सी, पेकटीन पाइने हुँदा यीनले रक्त झोल (सिरम ) मा कोलेस्ट्रोल को मात्रा खास गरी कम घनत्वको लिपोप्रोटिन जुन साँच्चीकै शरीरको लागि घातकलाई न्यूनीकरण गरी दिन्छ ।

छालाकाे सुन्दरताका लागि
छालाको रुप रंग बारे सवैलाई चासो हुन्छ । छालाको छिद्र सफा गर्नुका साथै डण्डीफोर, कालो दाग हटाउन आँप फलदायी मानिन्छ ।

मद्युमेह नियन्त्रण

आँपको पातलाई उमालेर रातभर राखेरबिहानी पख सेवन गर्दा मद्युमेह निको हुन्छ । आँप भिटामिन–ई बढी पाइने हुँदा यौनिक क्षमतामा अभिवृद्धि गराउँछ । आँपले खानेकुरा पचाउन सघाउछ ।

काँचो आँपको रस पानी चीनी मिसाएर बनाएको सर्वतले हाम्रो शरीरको तापक्रम घटाउनुका साथै लु बाट समेत बचाउँछ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : २६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६