आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल | Khabarhub Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल र कतारबीचको खेल अहिले जारी छ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कतारले अहिले बलिङ गरिरहेको छ । नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । आज उपाधि दाबेदार नेपाल कतारलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्ने कप्तान पारस खड्काले बताएका छन् । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको थियो ।

जुलाई ९ देखि २० सम्म मलेसियामा अभ्यास गरेको नेपाली टोलीका लागि कतारसँगको खेल तुलनात्मक रुपमा सहज हुनेछ । सिंगापुरमा रहँदा नेपाली टोलीले आफ्नो ‘पर्फमेन्स’ सुधारमा समेत ध्याान दिने कप्तान खड्काले बताइसकेका छन् ।

मध्ये क्रमलाई सम्हालिइर खेल्दै नेपाललाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कप्तान खड्का ओपनिङमा आएपछि नेपाली टोलीको यसअघिदेखिको ओपनिङ समस्या नदोहोरिने अनुमान लगाइएको छ ।

यसअद्धि नेपालले कतारसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा ४ एकदिवसीय र २ टी– ट्वान्टी खेल छन् ।

४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी–ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।
पहिलो पटक नेपाल र कतार सन् २००१ को आईसीसी ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : ४९ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध