प्रहरी इन्काउन्टरमा मारिए दीपेन्द्र चौधरी « Khabarhub

प्रहरी इन्काउन्टरमा मारिए दीपेन्द्र चौधरी


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए । चौधरीमाथि २ गोली लागेको छ ।

मृतक चौधरी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ । यस्तै उनी अरु विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ ।

तराईको सशस्त्र समूह गोइत समूहको पूर्वकार्यकर्ता उनले अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ९ : २९ बजे

सुर्खेतका नौवटै स्थानीय तहको बजेट सार्वजनिक

सुर्खेत- सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का

‘खुसीका मुहान’ मा नग्मा र सागर

काठमाडौँ– गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको

जनताको चाहनाअनुसार विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

ललितपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका

मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता 

काठमाडौँ– मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका

थुनामा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चोक– थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।  जबरजस्ती