गर या मरको अवस्थामा मेस्सी, कतारलाई हराए नायक, हार व्यहोरे भिलेन ! | Khabarhub Khabarhub

गर या मरको अवस्थामा मेस्सी, कतारलाई हराए नायक, हार व्यहोरे भिलेन !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिका दक्षिण अमेरिकी क्षेत्रको शीर्ष प्रतियोगिता हो । कोपा अमेरिका ब्राजिलमा जुन १४ देखि शुरु भएर अहिले समूह चरणका खेल भइरहेका छन् ।

प्रतियोगितामा उपाधि दाबेदार टोलीका रुपमा केही टोलीहरु रहेका छन् । जुन टिममा स्टार खेलाडीको साथ छ । त्यो मध्येको एक हो, अर्जेन्टिना । अर्जेन्टिना कोपा अमेरिकामा बलियो टोली मानिन्छ । त्यसैमाथि विश्व चर्चित खेलाडी लियोनल मेस्सी अर्जेन्टिनाका कप्तान समेत छन् । उनीमाथि अर्जेन्टिनाको जति विश्वास छ त्यति नै विश्वभरका उनका प्रशंसकको विश्वास पनि ।

२०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबल नै नखेल्ने निर्णय गरेका थिए । तर, पनि देशका माथिल्लो ओहदाका मानिसहरुदेखि फुटबल प्रशंसकले उनलाई अर्जेन्टिना राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रिएको हेर्न चाहान्थे ।

आवेसमा सन्यासको घोषणा गरेका मेस्सीले आफ्नो निर्णय फिर्ता लिए । मैदान उत्रिए । कोपामा व्यहोरेको पराजयलाई सन् २०१८ को विश्वकपमा मेस्सीले मल्हम लगाउने फुटबल पण्डितहरुको अनुमान थियो तर उनको टोली अर्जेन्टिना अन्तिम १६ बाट माथि जान सकेन । त्यति मात्र होइन उनले नकआउट चरणमा एक गोल समेत गर्न सकेनन् ।

विश्व फुटबलका महानतम खेलाडी मानिने मेस्सी र पोचुर्गिज स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाले गर्दा पनि मेस्सी र अर्जेन्टिनाको खेललाई विशेष चासोका रुपमा हेर्ने गरिएको छ ।

मेस्सीबाट अर्जेन्टिनाले धेरै अपेक्षा गरेको छ र उनी आफैले पनि अर्जेन्टिनाका लागि ठूलो प्रतियोगिता जिताउने लक्ष्य रहेको बताउँदै आएका छन् ।

केही समय अगाडिमात्रै एक अन्तर्वार्ताका क्रममा मेस्सीले आफ्नो विगतलाई बिर्सदै वर्तमानलाई उत्कृष्ट बनाउने योजना सुनाएका थिए । क्लब फुटबलमा अधिकांश जसो रेकर्ड आफ्नो नाममा बनाएका मेस्सीले राष्ट्रका लागि भने कुनै उपाधि दिलाउन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

आलोचकहरुले मेस्सीले बार्सिलोना भन्दा बाहिरबाट राम्रो प्रदर्शन गर्न नसक्ने र उनलाई अर्जेन्टिना भन्दा स्पेन(बार्सिलोना) प्यारो भएको टिप्पणी गर्दै आएका छन् । यद्दपी मेस्सीले भने ति भनाइहरुको खण्डन गर्दै आएका छन् ।

जारी कोपामा पनि मेस्सीले उनले नै प्रस्तुत गरेका खण्डनहरुलाई चिर्ने खेल कौशल प्रदर्शन गर्न सकेका छैनन् ।

कोपामा मेस्सी नेतृत्वको अर्जेन्टिनाले राम्रो खेल्दै उपाधि घर लैजाने विश्वास अर्जेन्टिना तथा मेस्सीका समर्थकको थियो । तर, शुरुवात मै अर्जेन्टिनाले कमजोर खेल प्रदर्शन गर्‍यो ।

कोपाको पहिलो खेलमा कोलम्बियासँग २–०ले पराजित भएको अर्जेन्टिनी टोलीविरुद्ध अर्जेन्टिनाका लिजेण्ड डिएगो म्याराडोनाले समेत व्यङ्ग गरे । उनले फिफा वरियताको पुछारका टोलीहरुले पनि अहिलेको अर्जेन्टिनी टोलीलाई हराउन सक्ने बताएका थिए ।

दोस्रो खेलमा पनि स्टार खेलाडीले भरिपूर्ण अर्जेन्टिनी टोलीले खेलमा कुनै प्रभाव देखाउन सकेन । पाराग्वेसँगको खेलमा अर्जेन्टिनाले बराबरी खेल्न पुग्यो त्यो पनि पाराग्वेका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको बलमा पाएको पेनाल्टी मार्फत । मेस्सीले पेनाल्टीमा गोल गरे । त्यसपछि पाराग्वेले पनि पेनाल्टि पाएको थियो तर उक्त पेनाल्टि भने अर्जेन्टिनाका किपरले रोके ।

बहिर्गमनको सम्भावना !

विश्वचर्चित खेलाडीहरु मेस्सी, सर्जियो अग्वेरो, एन्जल डी मारिया लगायतका खेलाडीले सजिएको टोली अहिले कोपाबाट बाहिरिने संघारमा पुगेको आकलन फुटबल पण्डितहरुले गर्न सुरु गरेका छन् । समूह बीमा रहेको अर्जेन्टिनाले अब आफ्नो अन्तिम खेल कतारसँग खेल्न बाँकि छ र उक्त खेल जित्नै पर्ने दबाबमा लियोको टोली परेको छ । अर्जेन्टिनाले कतारसँग सोमबार(भोलि) बिहान नेपाली समय अनुसार सवा ६ बजे भाग्यको जाँच गर्दैछ ।

एसियाको च्याम्पियन टोली कतारलाई पराजित गर्न अर्जेन्टिनालाई पनि उत्किकै सकस हुने निश्चित प्रायछ । कतारका प्रशिक्षक फिलिक्स सान्चेजले आफ्नो टोली मेस्सीसँग सेल्फि लिन मात्रै नआएको बताइसकेका छन् । उनको यो भनाइबाट पनि कतारले आफुलाई बलियो टोलीका रुपमा अर्जेन्टिनाविरुद्ध प्रस्तुत गर्ने छ ।

फुटबलमा ठूला भनिने टीमलाई चुनौतीका रुपमा साना टीमहरु रहने गरेका छन् । विश्वकप वा अन्य ठूला प्रतियोगिताहरुको नतिजालाई आधार मान्ने हो भने फुटबलका पावरहाउसहरु र स्टार खेलाडीले भरिपूर्ण टोलीलाई साना र चर्चामा नरहेका टोलीले पराजित गर्दै सनसनी मच्चाउने गरेका छन् । यसबाट अर्जेन्टिना अछुतो रहला भन्न सकिने अवस्था छैन ।

समूह बी अन्तर्गत कोलम्बिया दुई खेल खेल्दै ६ अंक सहित शीर्ष स्थानमा रहेको छ । समान २ खेल खेलेको पाराग्वे दुबै खेल बराबरी खेल्दै २ अंकसहित दोस्रो स्थानमा छ । २ खेल नै खेलेको कतार एक खेल बराबरी र एकमा हार व्यहोर्दै तेस्रो स्थानमा छ । समूहको चौंथो स्थानमा रहेको अर्जेन्टिनाको २ खेलबाट एक अंक मात्र रहेको छ । सोमबार बिहान हुने कतार बिरुद्धको खेल जितेमा अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा उक्लने छ । तर, म‌गलबार बिहान हुने खेलमा पाराग्वेले कोलम्बीयालाई पराजित गरेमा अर्जेन्टिनाको सम्भावना गणितिय मात्र बाँकी रहनेछ ।

तर पाराग्वे र कोलम्बीयाले बराबरी खेले भने अर्जेन्टिनालाई फाइदा पुग्ने छ । कतारसँग पराजित भएको खण्डमा भने अर्जेन्टिना स्वत बाहिरिने छ ।

अर्जेन्टिनामा मेस्सीको प्रदर्शन

अर्जेन्टिनाका लागि ८ वटा महत्वपूर्ण प्रतियोगिता खेलिसकेका मेस्सीले अहिलेसम्म देशका लागि उपाधि जिताउन भने असफल भएका छन् । अर्जेन्टिनी जसीमा १२५ क्याप खेलेका मेस्सीले देशका लागि सबैभन्दा धेरै गोलको रेकर्ड भने राखेका छन् ।

सन् २००५ मा अर्जेन्टिनाबाट डेव्यू गरेका मेस्सीले १३२ खेलबाट ६८ गोल गरेका छन् । यसअघि अर्जेन्टिनाका स्ट्राइकर ग्रायवियल बाटिस्टुटा अर्जेन्टिनाका टप स्कोरर थिए । उनले ७७ खेलबाट ५४ गोल गरेका थिए ।

जिते हिरो, हारे भिलेन 

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायीक फुटबल खेलिरहेका मेस्सीले ५ पटक विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि वा‘लोन डिअर जितिसेका छन् । उनले ला लिगामा खेलेको ४ सय ५२ खेलमा ४१९ गोल गरेका छन् ।

कतारसँगको खेल नै अन्तिम नभएपनि कतारलाई पराजित गर्न सके मेस्सीले उनका प्रशंसकबाट नायकको गुनगान सुन्नेछन् भने पराजित भएको खण्डमा प्रशंसकले भिलेनको दर्जा दिनेछन् । त्यो अहिलेको अवस्थामा मात्रै होइन, मेस्सीले धेरै प्रतियोगितामा हार व्येहोर्दा भोगिसकेका छन् । कतारविरुद्ध अर्जेन्टिनी टोली भन्दा पनि मेस्सी स्वयमका लागि जीत निकाल्नै पर्ने दबाब रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ०४ बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको