प्रतिनिधिसभा विशेष समय : रेशम चौधरीलाई साङ्लोदेखि संसदीय मर्यादासम्मका कुरा | Khabarhub Khabarhub

प्रतिनिधिसभा विशेष समय : रेशम चौधरीलाई साङ्लोदेखि संसदीय मर्यादासम्मका कुरा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराइएको, सरकारको काम कारबाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद उमाकान्त चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाए । भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुट प्रसाद को उपनाम दिनुपर्ने तर्क गरे । उनले भने, ‘सिण्डिकट अन्त्य होइन त्यसलाई प्रोत्साहन गर्ने काम गरेर यो सरकार झुट सावित भएको छ ।

जथाभावी कर लगाएर कर प्रसाद ओली उपनाम पाएका सम्माननिय प्रधानमन्त्री ज्यूको सरकारको कामकाराबाही हेर्दा उनले सधै झुटको आश्वासन दिने , झुटको खेती गर्ने भएकोले अब उनको नाम झुट प्रसाद ओली उपनाम दिदैमा केही फरक पर्ने वाला छैन ।” सरकारका चिप्ला र फोस्रा भाषण मात्रैले विकास निर्माणमा सफल हुन नसकिने तर्क उनले गरे ।

सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउदै २४ केजीको सिक्रि लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइन् । उनले सिक्रि लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयन बारे भएको प्रगतिबारे जानकारी गराउन पनि गृहमन्त्रीसंग माग गरिन् ।

दश बर्षे जन विद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उनले सरकारले विभेदको नीति लिएको आरोप लगाईन् ।

सांसद प्रदीप यादवले चौधरी भएकै कारण सरकारले रेशम चौधरीलाई सरकारले जेल हालेको भन्दै मुलुकमा मानवअधिकार र सरकार नभएको आरोप लगाए । उनले चौधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे । उनले २० औं हजार हत्या गर्नेहरु अहिले मन्त्री बनेको भन्दै सरकारलाई विभेदकारी व्यवहार नगर्न सचेत गराए ।

उनले भने, “रेशम चौधरीलाई अबिलम्ब रिहा गर्नुपर्छ । राजनीतिक बन्दी हुन् । कुनै हत्यारा होइन । रेशम चौधरीले कसैको हत्या गरेको छैन । गोली चलाएका छैनन् । सिर्फ थारु र मधेसीका लागि आन्दोलन गरेका हुन् । आन्दोलन गरेका कारण रेशम चौधरीलाई जेलमा राख्नु जायज होइन । सपथ खुवाएर पनि रेशम चौधरीलाई जेलमा राखिएको छ । यो अन्याय हो । २० औ हजार हत्या गर्नेहरु सरकारमा छन् । मन्त्रीको झण्डा फहराएर हिडिरेहेका छन् । थारुको छोरा जेलमा छ ।”

सांसद झपट बहादुर रावलले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई ‘झुट प्रसाद र कर प्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । जनप्रतिनिधिले बोल्ने भाषा शैली शिष्ट, सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्रतिपक्षी दलका माननियज्युले सम्माननीय प्रधानमन्त्रीज्युको नाम बंग्याएर ‘कर प्रसाद’ र ‘झुट प्रसाद’ भन्नुभएको छ । यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेता ज्यु पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका अन्य नेताहरुलाई, शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न हामी बाध्य भयौ भनेदेखी के हुन्छ ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाइयोस् ।”

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारको प्रतिवद्धता अनुसार काम नभएको र सर्वत्र कर बढाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीलाई करप्रसाद र झुट प्रसादको उपनाम राखिदिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

त्यसपछि सभामुख कृष्ण बहादुर महराले विषयवस्तुलाई गम्भीरता पुर्वक लिएको उल्लेख गर्दै त्यसबारे पछि निर्णय गर्ने बताएका थिए ।
सांसद मेटमणि चौधरीले मुलुकभरका किसानले धान खेती लगाउने समयमा मल नपाएर समस्यामा परेको भन्दै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए । धान रोप्ने समयमा डिएपी र युरिया मलको सधै अभाव हुने र अहिले पनि त्यो अवस्था देखिएको भन्दै तत्काल रासायनिक मल सहज उपलब्ध हुने व्यवस्थाका लागि पहल गर्न माग गरे ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : २६ बजे

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स