दलालमार्फत केन्यामा बेचिएका दर्जनौं चेलीको चित्कार... | Khabarhub Khabarhub

दलालमार्फत केन्यामा बेचिएका दर्जनौं चेलीको चित्कार…


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मानव तस्करले दर्जनौं नेपाली चेलीलाई केन्यामा बन्दक बनाएर यौन धन्दामा लाग्न बाध्य पारेको समाचार सार्वजनिक भएको छ ।

नेपालबाट अवैध बाटो प्रयोग गरी  मानव तस्करी हुने गरेको समाचार सार्वजनिक भइरहेका बेला अफ्रिकी मुलुक केन्यामा दर्जनौं नेपाली चेलीलाई यौन धन्दामा लाग्न बाध्य पारेको त्यहाँको ‘डेली नेसन’ अखबारले खुलासा गरेको हो ।

उक्त पत्रिकाले जनाएअनुसार राजधानी मोम्बासा र अन्य सहरमा दर्जनौं नेपाली चेलीले नारकीय जीवन बिताइरहेका छन् । विभिन्न प्रलोभनमा दलालको पन्जामा फसेकी ती नेपाली महिलाहरु केन्या पुगेपछि त्यहाँका विभिन्न कोठीमा पुर्‍याइएको समाचारमा जनाइएको छ ।

यौन पेशामा लाग्न बाध्य पारिएका नेपाली चेलीहरुकोको विषयसमा विस्तृत नखुलाइए पनि पत्रिकाले किशोरी देखि विबाहिता महिलासम्म रहेको उल्लेख गरेको छ । नेपाली एक दलालले उनीहरुलाई त्यहाँ मोटो रकममा बेचेर यौन दासी बनाउन बाध्य पारिएको रिपोर्ट शनिबार उक्त पत्रिकाले छापेको थियो ।

समाचारमा जनाइए अनुसार ती नेपाली चेलीहरुलाई कोठीमा पुर्‍याएपछि उनीहरुको राहदानी जफत गरिन्छ । उनीहरुलाई सूचना तथा सञ्चार क्षेत्रबाट बन्चित पारिन्छ उनीहरुको साथमा रहेका मोबाइल समेत खोसिदिने गरको समाचारमा उल्लेख छ । नर्तकीका रुपमा समेत भनेर लगिएका ती नेपाली चेलीहरुलाई यौनधन्दामा लगाएर त्यहाँका मालिकले मोटो रकम असुल्ने गरेको उल्लेख छ ।

उनीहरुले यस्तो अवैध धन्दाबाट मासिक ४ लाख केन्यान सिलिङ (केन्याली मुद्रा) भन्दा बढी कमाइ गर्ने भएपनि उनीरुले भने त्यसको एक अंश पनि नपाउने गरेको समाचारमा उल्लेख छ । पछिल्लो समय केन्या अवैध यौनधन्दाको ट्रान्जिट बनेको समेत समाचारले जनाएको छ । गत अप्रिलमा एक डान्सबारमा प्रहरीले छापा मार्दा अवैध धन्दामा संलग्न भएको आरोपमा १२ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : १८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न