भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा सतर्कता | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा सतर्कता


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको खबरले यतिबेला भारतीय सुरक्षा निकायमा हल्लिखल्ली मच्चिएको छ ।

भारतीय सञ्चार संस्था एबीपी न्यूजले समाचार प्रकाशन गरेपछि सुरक्षा सतर्कता बढाउनुका साथै ज्यान मार्ने धम्कीका विषयमा अनुसन्धान शुरु गरिएको छ । प्रधानमन्त्री मोदी यही महिनामा केरल गएका थिए ।

उनी केरला गएपछि उनीमाथि ज्यानमार्ने धम्की आएको खुलासा भएको हो । यद्यपी प्रधानमन्त्री मोदीलाइ केहि समय अघि नै ज्यान मार्ने धम्की आएको सुरक्षा संयन्त्रलाई उदृत गर्दै एबीपी न्युजले जनाएको छ । स्रोतलाई उल्लेख गरेर एबीपीले लेखेको छ, ‘गुरुवायुर मन्दिरको यात्रामा नै प्रहरीहरुलाई एक खाम दिइएको थियो ।

खाममा एक पाँच सय रुपैयाँको नोट समेत थियो । जसमा मलयालम भाषामा पीएम मोदीलाई मार्ने धम्कीपूर्ण कुरा उल्लेख गरिएको थियो । यो विषय अंग्रेजीमा पनि लेखिएको थियो ।’ प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कीपछि सुरक्षा व्यवस्था मजबुद बनाउनुका साथै कसले पत्र लेखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ५९ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका