बिना अपरेशन मुटु रोगको उपचार : १ वर्षदेखि पालो कुरेर बस्छन् बिरामी | Khabarhub Khabarhub

बिना अपरेशन मुटु रोगको उपचार : १ वर्षदेखि पालो कुरेर बस्छन् बिरामी


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामान्यतया हाम्रो मुटु प्रतिमिनेट ६० देखि १०० पटक घड्किन्छ । यद्यपि सुतेको अवस्थामा मुटुको चाल ६० भन्दा तल पनि झर्न सक्छ ।

यस्तै, दौडेको समयमा, कुनै समस्यामा परेर आत्तिएको अवस्थामा, शारीरिक व्यायाम गरेको समयमा मुटुको चाल बढ्न जान्छ । यस्तो अवस्थामा हाम्रो मुटु प्रतिमिनेट १०० पटकभन्दा बढी पनि धड्किन सक्ने चिकित्सकहरु बताउँछन् ।

तर, सामान्य अवस्थामा पनि मुटुको चाल ६० भन्दा कम र १०० भन्दा बढी हुन्छ भने यो मुटुसम्बन्धी समस्या हो । चिकित्सकका अनुसार यस्तो समस्या एक हजार मानिसमध्ये १ जनामा देखिन्छ ।

शहीद गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन राउतका अनुसार मुटुको चाल गडबडी हुनु पनि एक प्रकारको गम्भीर रोग हो । मुटुको चाल गडबडी हुँदा हृदयघात (हर्ट अट्याक) हुने सम्भावना धेरै हुन्छ ।

मुटु चल्नका लागि मुटुमा करेन्ट प्रवाह हुनुपर्छ । मुटुमा हुने साइनोस नोडले मुटुमा करेन्ट निकाल्छ । साइनोस नोडबाट निस्कने करेन्ट मुटुमा हुने विशेष प्रकारको तारबाट मुटुका कोठाहरुमा प्रवाह हुन्छ र मुटु चल्छ । यो प्रक्रियामा मुटुको चाल प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ ।

काठमाडौंको ह्याम्स अस्पतालमा इपीएस आरएफए विधिअनुसार मुटुको चाल गडबडी भएका बिरामीको उपचार गरिँदै । तस्वीर सौजन्य– मुकुन्दप्रसाद काफ्ले

तर, कहिलेकाँही मुटुको करेन्ट उत्पादन हुने साइनोस नोड नहुँदा वा साइनस नोडलाई निस्क्रिय पारेर अन्य तत्वहरुले करेन्ट प्रवाह गरेमा र साइनोस नोडले उत्पादन गरेको करेन्ट नर्मल तारबाट प्रवाह भएमा मुटुको चालमा गडबडी हुन्छ ।

सामान्यतः मुटुको चाल गडबडीसम्बन्धी रोगका लागि मुटुको छेउमा एक प्रकारको डिभाइस (मेसिन) राख्ने गरिन्छ । जसलाई ‘पेसमेकर’ भनिन्छ । ब्याट्रीबाट चल्ने पेसमेकरले मुटुको धड्कनलाई नियमित बनाएर राख्छ ।

चिकित्सकका अनुसार पेसमेकर राखेका बिरामीले हरेक ६ महिनामा अनिवार्य रुपमा फलोअप चेकजाँच गराउनुपर्दछ । यस्तो जाँच पेसमेकरको अवस्था र उसको ब्याट्री ब्याकअपका विषयमा जान्न गरिन्छ । चिकित्सकहरुका निश्चित समयपछि यसको ब्याट्री पनि परिवर्तन फेर्नुपर्ने हुन्छ ।

समय–समयमा चेक–जाँच गरिरहनुपर्ने र ब्याट्री समेत फेर्नुपर्ने अवस्थाका कारण केही बिरामीले पेसमेकर प्रयोग गर्न झन्झट मान्ने गर्छन् । पेसमेकर प्रयोग गर्नुको सट्टा धेरैले आजीवन औषधि प्रयोग गर्ने विकल्प पनि रोजेका हुन्छन् ।

तर, मुटुको चालक गडबडीसम्बन्धी रोगका लागि एउटा नयाँ उपचार विधि पनि अब सफल विकल्प बनेको छ । नेपालमा यो उपचार विधि प्रभावकारी पनि भएको चिकित्सकहरुले बताउँदै आएका छन् । यो विधिको नाम हो-इपिएस आरएफए ।

यो विधिअनुसार उपचार गर्न न त बिरामीको मुटु नै चिर्नु पर्छ, न त बेहोस नै पारिन्छ । शहीद गंगालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन राउत बिरामीसँग कुरा गर्दा गर्दै डाक्टरले यो रोगको उपचार गरिसकेका हुन्छन् । र, बिरामीले आफ्नो उपचार भइरहेको पत्तो पनि पाउँदैनन् ।

यस्तो उपचारका लागि थ्री डी म्यापिङ पद्दति अपनाइन्छ । जसअनुसार बिरामीको खुट्टाको नशाबाट २ ओटा तार मुटुसम्म पुर्‍याइन्छ । खुट्टाको नशाबाट मुटुमा तार पुर्‍याएर मुटुको चाल गडबडी हुने समस्याको समाधान गरिन्छ ।

सरकारी स्वामित्वको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्रै २५ सय बिरामीले यो प्रविधिमार्फत उपचार गराइसकेका छन् ।

यो विधिबाट उपचार गराउने बिरामीले मुटुसम्बन्धी समस्याका लागि औषधी खानु पर्दैन ।

‘पहिला-पहिला मुटुको चाल गडबडी सम्बन्धि समस्याका बिरामीले कि जीवनभर औषधि खानुपर्थो कि त विदेश जानुपर्ने बाध्यता, तर अहिले हाम्रै अस्पतालमा बिरामीलाई वेहोस् नपारी, छाती नचिरी सधैका लागि निको पार्न सकिन्छ,’ डा.राउत भन्छन्, ‘इपिएस आरएफए प्रविधिबाट उपचार गरेपछि यो समस्याका बिरामीले जीवनभर औषधि खानुपर्ने बाध्यता रहदैन ।’

के हो इपिएस आरएफए प्रविधि ?

इपिएस आरएफए प्रविधि भनेको बिना अप्रेसन वेहोस् नपारी बिरामीको मुटुको चाल ठीक गर्ने उपचार हो । मुटुको चाल सामान्य अवस्थाभन्दा बढी भएमा उक्त समस्यालाई निको पार्न यो प्रविधिको प्रयोगद्वार उपचार गरिन्छ ।

इपिएस भनेको मुटुभित्र तार लगेर मुटुको चाल गडबडी गराउने तन्तु पत्ता लगाउने प्रविधि हो । यस्तै आरफएए भनेको मुटुको चाल गडबडी गराउने अनावश्यक तन्तुलाई विशेष तार मार्फत रेडियो फ्रिक्वेन्सी इनर्जी दिएर नष्ट गर्नु हो । इपिएस आरएफए प्रविधिमार्फत मुटुको चाल गडबडी गराउने तत्वलाई नष्ट गरिन्छ ।

डा.राउतका अनुसार खुट्टाको नशाबाट मुटुभित्र दुईवटा तार पुर्‍याएर उपचार गरिन्छ । उक्त तारलाई एक्सरे मेसिनबाट हेरेर मुटुभित्र रहेको चाल बढी गराउने तत्व पत्ता लगाइ नष्ट गरिन्छ ।

इपिएस आरएफए प्रविधिबाट मुटुको उपचार गर्दा बिरामीका छाती चिर्नु नपर्ने डा.राउतले बताए । यो प्रविधि नेपालमा भित्रिएसँगै मुटुको चाल आवश्यकता भन्दा बढी भएका बिरामीले जीवनभर औषधि खानुपर्ने बाध्यताबाट मुक्ति पाएको पनि डा.राउतको दावी छ ।

‘यो प्रविधि भित्रिनुअघि बिरामीहरुले नियमित औषधि सेवन गर्दै आएका थिए, औषधि खाँदा साइड इफेक्टहरु हुन्छन्, बिरामीले औषधि खान छुटाएमा फेरी समस्या बढ्छ,’ डा.राउत भन्छन्, ‘यो प्रविधिबाट उपचार गराउँदा छातीको अप्रेसन गर्नु पर्दैन । बिरामीहरु उपचार गरेको भोलिपल्टै घर फर्किन्छन्, उनीहरुको मुटुको चाल पूर्ण रुपमा निको हुन्छ, जीवनभर औषधि खानु पर्दैन ।’

डा.राउतका अनुसार यो प्रविधिबाट बिरामीको अवस्था हेरेर एक देखि १० घण्टासम्म समय लाग्ने गर्छ । यो उपचार विधिलाई अत्याधुनिक थ्री डी म्यापिङ सिस्टमबाट बिना शल्यक्रिया बिरामीको मुटुको चाल गडबडीको उपचार हुन्छ ।

गंगालाल अस्पतालले ६ वर्ष अघिदेखि नै सेवा शुरु गरेको थियो । सन् २००४ सालदेखि नै गंगालाल अस्पतालले साधारण प्रकारको मुटुको चाल गडबडीको उपचार बिना शल्यक्रिया गर्ने गरिएको डा.राउतले बताए ।

गंगालाल अस्पतालका डाक्टर मानबहादुर केसीले सन् २००४ मा नेपालमै बिना शल्यक्रिया मुटुको चाल गडबडीको उपचार शुरु गरेका थिए । तर सामान्य अवस्थाका बिरामीको एक्सरेमार्फत गरिने उपचारले जटिल अवस्थामा बिरामीको भने उपचार सम्भव थिएन ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ तथा मुटुको चाल गडबडी सम्बन्धी विशेषज्ञ डा. रोशन राउत

डाक्टर राउतका अनुसार जटिल प्रकारको मुटुको चाल गडबडीको बिरामीलाई अन्य देशमा रेफर गर्नुपर्ने अवस्था थियो । गंगालाल अस्पतालमा ३ वर्ष अघि अत्याधुनि थ्री डी म्यापिङ सिस्टम आएपछि भने जटिल प्रकारको मुटुको चाल गडबडीका बिरामीले नेपालमै उपचार पाउँन थालेको डा.राउतले बताए ।

उनले भने, ‘गंगालाल अस्पतालमा थ्री डी म्यापिङ सिस्टम ३ वर्ष अघि ल्याइएको हो । यो प्रविधि आएपछि हामीले जतिल प्रकारका मुटुको चाल गडबडी भएका बिरामीलाई पनि सेवा दिन सकेका छौं ।’

गंगालाल अस्पतालमा मुटुको चाल गडबडीसम्बन्धी रोगका २५ सय बिरामीले बिना शल्यक्रिया मुटुको उपचार गराइसकेको डा.राउतको भनाइ छ । यस्तै थ्री डी म्यापिङ सिस्टम आएपछि यो प्रविधिबाट एकसय जनाको जटिल प्रकारको शल्यक्रिया गराइसकेको डा.राउतले बताए ।

उपचारको लागि दुईदिन मात्रै अस्पताल बस्नुपर्ने

बिना शल्यक्रिया गरिने यो प्रविधिको उपचार गर्न २ दिन अस्पतालमा भर्ना भएर बस्नुपर्ने डा.राउत बताउँछन् ।

‘जुन दिन बिरामीको उपचार गर्ने हो त्यहि दिन भर्ना गछौं र एकरात अब्जरभेसनमा राखेर भोलीपल्ट डिस्चार्ज गछौं,’ डा.राउतले भने, ‘बिरामीलाई वेहोस् नपारी उहाँसँग गफ गर्दागर्दै उपचार गछौं, भोलीपल्ट बिरामी निको भएर आफै हिडेर घर फर्कनुहुन्छ ।’

गंगालाल अस्पतालमा यो विधिबाट मुटुको चाल गडबडीको उपचार गर्ने बिरामीलाई ५० हजार देखि १ सय ७० हजारसम्म लाग्ने डा.राउतले बताए ।

मुटुरोग धेरै थरिका छन् । अस्पताल आएर मुटुरोगको पहिचान भएपछि कतिपय बिरामीले जीवनभर औषधि खानुपर्ने हुन्छ । तर इपिएस आरएफए प्रविधिबाट गरिने मुटुको चाल गडबडीको उपचार पनि बिरामीले एक महिना औषधि खाएपछि पूर्ण रुपमा निको हुने डा.राउत बताउँछन् ।

‘यो विधिबाट गरिने उपचार पश्चात बिरामीले मुटुरोगको औषधि एक महिना मात्रै खाए पुग्छ, अरु समस्या जस्तो जीवनभर औषधि खानु पर्दैन,’ डा.राउतले भने, ‘उहाँहरुले अन्य स्वस्थ व्यक्तिले जस्तै सामान्य रुपमा स्वस्थ भएर जीवन विताउन सक्छन् ।’

तीन वर्ष अघिदेखि जटिल प्रकारका मुटुको चाल गडबडीको बिना अप्रेसन थ्री डी म्यापिङ सिस्टमबाट गरिँदै आएको छ । जीवनभर औषधि खानु नपर्ने र रोग पूर्ण रुपमा निको हुने भएकाले यो प्रविधिबाट उपचार गराउने बिरामीको गंगालाल अस्पतालमा ठूलो चाप हुन्छ

गंगालाल अस्पतालमा १ वर्षसम्म लाइन

सन् २००४ देखि नेपालमा विना शल्यक्रिया मुटुको चाल गडबडीको उपचार शुरु भएको हो । यस्तै तीन वर्ष अघिदेखि जटिल प्रकारका मुटुको चाल गडबडीको बिना अप्रेसन थ्री डी म्यापिङ सिस्टमबाट गरिँदै आएको छ । जीवनभर औषधि खानु नपर्ने र रोग पूर्ण रुपमा निको हुने भएकाले यो प्रविधिबाट उपचार गराउने बिरामीको गंगालाल अस्पतालमा ठूलो चाप हुन्छ ।

गंगालाल अस्पतालमा मात्रै यो प्रविधिबाट उपचार गराउन चाहने बिरामीको वइटिङ लिस्ट ९ महिनादेखी एक वर्षसम्म रहेको डा.राउत बताउँछन् ।

उनी भन्छन्, ‘यो रोगका बिरामीहरु धेरै नै छन् कतिपयले यो विधिबाट उपचार नगराइ औषधि खाएर पनि बस्छन्, गंगालामा उपचारको लागि पालो कुरेर बस्नेहरुको लिस्ट एकवर्षको लागि प्याक भइसक्यो ।’

गंगालाल अस्पतालमा एक महिनामा ५० जना बिरामीको यो विधिबाट उपचार हुने गरेको डा.राउतको भनाइ छ । यसरी हेर्दा हाल गंगालाल अस्पतालमा विना शल्यक्रिया मुटुको चाल गडबडीको उपचारका लागि ६ सय बिरामीहरु पालो कुरेर बसेका छन् ।

नेपालमा गंगालाल अस्पताल बाहेक ह्याम्स हस्पिटल र नोबल हस्पिटलमा पनि यो विधिबाट उपचार हुने गरेको छ । ह्याम्स अस्पतालले केही दिनअघि मात्रै ५० जना मुटुको चाल गडबडी सम्बिन्ध रोग भएका बिरामीको उपचार सफल भएको भन्दै खुसीयाली समेत मनाएको थियो ।

ह्याम्स अस्पतालमा पनि डा रोशन राउतको नेतृत्वमा मुटुको चाल गडबडीको उपचार हुदै आएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : २८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका