कोपा अमेरिका- पेरुविरुद्ध ब्राजिलको शानदार जित | Khabarhub Khabarhub

कोपा अमेरिका- पेरुविरुद्ध ब्राजिलको शानदार जित


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबलमा ब्राजिलले पेरुविरुद्ध शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा जारी कोपाको समूह ए मा रहेको ब्राजिलले पेरुलाई ५–० गोेल अन्तरले पराजित गरेको छ ।

ब्राजिलले घरेलु मैदानमा पेरुलाई हराउने क्रममा खेलको १२ मिनेटदेखि गोलको वर्षा शुरु गरेको थियो भने अन्तिमसमयसम्म निरन्तर गोल गरिरह्यो ।

ब्राजिललाई पहिलो अग्रता दिलाउन कासिमेरोले १२ औं मिनेटमा गोल गरेका थिए भने १९ औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाएका थिए ।

त्यस्तै एभर्टोन रोएसेसले ३२ औंमिनेटमा गोल गरेपछि पेरुविरुद्ध ब्राजिलले पहिलो हाफमै फराकिलो अन्तर बनाइसकेको थियो ।

खेलको दोस्रो हाफमा डानी अल्भास र विलिमयमले गोल गर्दै टिमलाई ५–० को जित दिलाए। अल्भासले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए भने विलियमले ९० औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ४९ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण