विवाहित फुटबलर ह्यामेज भेनेजुएलाकी मोडेल डी लिमासँग प्रेममा (फोटो फिचर) | Khabarhub Khabarhub

विवाहित फुटबलर ह्यामेज भेनेजुएलाकी मोडेल डी लिमासँग प्रेममा (फोटो फिचर)


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोलम्बिया तथा बायर्न म्युनिखका स्टार खेलाडी ह्यामेज रोड्रिगेजले आफ्नो नयाँ प्रेम सम्बन्धको खुलासा गरेका छन् ।

२७ वर्षिय ह्यामेजले भेनेजुएलाकी चर्चित मोडल स्यानन डी लिमासँग आफू सम्बन्धमा रहेको बताएको खेल पत्रिका मार्काले उल्लेख गरेको छ । मार्काले ह्यामेज र लिमाका तस्वीरहरु सार्वजनिक गर्दै उनीहरु सम्बन्धमा रहेको उल्लेख गरेका छ ।

लिमा अमेरिकी गायक मार्का एन्थोनीकी पूर्व पत्नी हुन् । त्यस्तो त ह्यामेज पनि विवाहित हुन् । उनले कोलम्बियाकी भलिबल खेलाडी ड्यानीयल स्पिनासँग विवाह गरीसकेका छन् भने उनीहरुको पाँच वर्षकी छोरी पनि छन् ।

जर्मन बुन्डेस लिगाको जीतको सेलिब्रेसन गरीरहँदा उनले आफ्नो नयाँ सम्बन्ध बारेमा खुलेर बोलेका हुन् ।

ह्यामेज चर्चीत युवा खेलाडी हुन् । उनी सन् २०१४ को विश्वकप फुटबलमा उच्च गोलकर्ता बन्दै गोल्डेन बुट विजेत बनेका थिए । विश्वकपमा उत्कृष्ठ प्रदर्शन गरेसँगै मोनाको फुटबल क्लबबाट रियल मड्रिड पुगेका ह्यामेजको प्रदर्शन औसत मात्र रहन गयो । त्यसपछि उनी रियलबाट म्युनिख पुगेका थिए ।

रसिया विश्वकपमा पनि उनको प्रदर्शन औसत रहन पुग्यो । ह्यामेजले कोलम्बियाबाट खेलेका ६९ अन्तराष्ट्रिय खेलमा २२ गोेल गरेका छन् ।

 

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १ : ११ बजे

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका