सुतिरहेको समयमा घरमा आगो लाग्दा एकै परिवारका ३ जनाको जलेर मृत्यु | Khabarhub Khabarhub

सुतिरहेको समयमा घरमा आगो लाग्दा एकै परिवारका ३ जनाको जलेर मृत्यु


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बैतडी– सुतिरहेको समयमा घरमा आगो लाग्दा बैतडीमा बुधबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–७ बसर्पाकमा दलित परिवारका ३ जना सदस्यको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्चौंडाी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र ८ वर्षीया छोरा मनोज छन् ।

कुवाकोट घर भए पनि बसपार्कमा टहरा बनाएर बस्दै आएको लुहार परिवार बुधबार बेलुकाको खाना खाएर सुतेको थियो । बेलुकाको खाना पकाउन अगेनामा बालेको आगो ननिभाएका कारण सोही आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : ११ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै