विद्युतीय सवारी साधन सञ्चालमा महानगरको जोड | Khabarhub Khabarhub

विद्युतीय सवारी साधन सञ्चालमा महानगरको जोड


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ ।

कामपाले आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा सुधार आउने हुँदा त्यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताए ।

काठमाडौँ उपत्यकामा उत्पादन भएको घरेलु फोहरलाई दिगोरूपमा व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पर्ने असर रोक्न सामूहिक सहकार्य आवश्यक हुने पनि प्रमुख शाक्यले बताए ।

प्रमुख शाक्यले भने, “शहरमा रहेका समस्या पहिचान गर्नेभन्दा पनि समाधानको उपाय खोज्ने व्यक्तिको आवश्यक रहेको हुँदा आम नागरिकसँग जोडिएका समस्या समाधानमा विकल्प दिने जोकोहीलाई पनि स्वागत छ ।”

गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले फोहरमैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर नहुने भन्दै यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्ने बताइन ।

गोष्ठीमा वातावरणविद् भूषण तुलाधरले कामपामा उत्पादन हुने फोहरले जलवायु परिवर्तनमा पारेको प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ४५ बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको