पुनर्निर्माणका लागि थप ४ खर्ब २९ अर्ब रकम आवश्यक : ज्ञवाली | Khabarhub Khabarhub

पुनर्निर्माणका लागि थप ४ खर्ब २९ अर्ब रकम आवश्यक : ज्ञवाली


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अझै ४ खर्ब २९ अर्ब रकम आवश्यक पर्ने बताएको छ ।

प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप आवश्यक पर्ने अनुमान गरिएको जानकारी  दिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजना अनुसार आवश्यक गर्ने बजेट परिमार्जनसहित दातृ निकाय र संस्थासँग थप रकम माग गर्ने तयारी भइरहेको बताए ।

उनले त्यसका लागि प्राधिकरणले अर्थ मन्त्रालय र दातृ निकायहरुमा छलफल भइरहेको तथा आवश्यक पर्ने रकमको आकलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले थप बजेटका लागि विश्व बैंकसँग ५ सय मिलियन अमेरिकी डलर सम्झौता भईसकेको र थप ५ सय मिलिनियम अमेरिकी डलर उलब्ध गराउन पनि सो बैंक सकारात्मक रहेको पनि जानकारी दिए ।

सरकारले यसअघि पुनर्निर्माण तथा पुनर्स्थापना लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकोमा त्यसलाई परिमार्जन गरेर ७ खर्ब ३७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

दाता सम्मेलनमा दातृ निकायहरुबाट ४ खर्ब १० अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा ३७ अर्ब रुपैयाँ रहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, पुनर्निर्माणका लागि ३ खर्ब ४३ अर्बरुपैयाँ प्रतिबद्धता आएकोमा जम्मा २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ ।

ज्ञवालीले निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत अर्थात ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रकियामा रहेको बताए । सरकारले ७ लाख ६२ हजार ३ सय ७ घरपरिवारसँग अनुदान सम्झौता गरेको थियो ।

अनुदान सम्झौता भएकोमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ घरपरिवारले घर निर्माण सम्पन्न गरेको तथा ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५ परिवार घर निर्माणको क्रममा रहेको पनि बताए ।

प्राधिकरणले हालसम्म ३ खर्ब ८७ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च भइसकेको जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : १५ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०