महिला फुटबलको उपाधिका लागि एपीएफ र आर्मी भिड्ने | Khabarhub Khabarhub

महिला फुटबलको उपाधिका लागि एपीएफ र आर्मी भिड्ने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तगर्त महिला फुटबलको उपाधिका लागि दुई विभागीय क्लब एपीएफ र आर्मी भिड्ने भएका छन् ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले पुलिसलाई टाइब्रेकरमा पराजित गरेपछि उपाधिका लागि एपीएफ र आर्मीबीच उपाधि भिडन्त पक्का भएको हो ।

निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा पुलिसकी श्रृजना खड्का र रुपा मगरको प्रहार बाहिरिएपछि एपीएफ ६–५ ले विजयी भएको हो । एपीएफका लागि कप्तान अनु लामा, अनिता बस्नेत, अनिता केसी, रेनुका नगरकोटी, रन्जना दर्जी र गीता राना गोल गर्न सफल भएका थिए । साबित्रा भण्डारीको प्रहार पनि बाहिरिएको थियो ।

पुलिसका लागि कप्तान निरु थापा, अमृता जोसी, घिमकुमारी गुरुङ, निशा सुनार र रेनुका गिरीले गोल गरेका थिए ।  यसअघि ९० मिनेटको समयमा एपीएफका लागि साबित्राले गोल गरेकी थिइन् भने खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा पुलिसकी निरुले बराबरी गोल फर्काएकी थिइन् ।

त्यस्तै, मंगलबार विहान भएको पहिलो सेमिफाइनलमा त्रिभूवन आर्मीले प्रदेश ३ माथि जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ५८ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं