यी हुन् बक्स अफिसमा ‘कलंक’ फ्लप हुनुका ५ कारण | Khabarhub Khabarhub

यी हुन् बक्स अफिसमा ‘कलंक’ फ्लप हुनुका ५ कारण


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करण जोहरले १ सय ५० करोडको बजेटमा बनाएको फिल्म बक्स अफिसमा फ्लप भएको छ । यो फिल्मलाई समीक्षकले पनि रुचाएका थिएनन् ।

फिल्मको बारेमा नकारात्मक प्रतिक्रिया धेरै आयो । पहिलो दिन ठीकै व्यापार गरेको यो फिल्मले दोस्रो दिनबाट व्यापारमा कमाल गर्न सकेन ।

यो फिल्मको पहिलो दिनबाट नै समीक्षात्मक रुपमा नकारात्मक प्रतिक्रिया आउन थालेको थियो । फिल्ममा त्यस्तो केही पनि थिएन, जुन कुरा दर्शकले मन पराऊन् । रिलिजअघि भने यो फिल्मलाई प्रतीक्षित फिल्म भनिएको थियो । आखिर किन चलेन त यो फिल्म ? यी हुन् फिल्म नचल्नुका पाँच खास कारण:

कमजोर कथा

कुनै पनि फिल्म स्तरीय बन्न फिल्मको कहानीको ठूलो भूमिका हुने गर्छ । यो फिल्मको कहानी पनि त्यही मारमा परेको छ । फिल्म हेरिसकेपछि दर्शकमा विश्वसनीय पक्ष केही पाउँदैनन् । फिल्ममा त्यस्ता धेरै कुरा छन्, जुन कुरालाई दर्शकले रुचाएनन् । केही चरित्रले अचम्मको व्यवहार देखाइरहेका छन्, तर किन गरिरहेका छन् भन्ने थाहा हुँदैन ।

एक पतिले आफ्नो पतिलाई धेरै माया गर्छन् । तर दोस्रो पत्नीसँग पनि उनको सम्बन्ध हुन्छ । ती पतिले दोस्रो महिलालाई मन पराउँछन्, शायद उनकी प्रथम पत्नी मर्नेवाला हुन्छिन् । तर यो कुराको प्रस्तुतीकरण दर्शकलाई पच्दैन ।

स्किृनप्ले पनि कमजोर

फिल्ममा कहानी मजबूत बनाउन स्किृप्टको ठूलो भूमिका हुन्छ । तर यो फिल्ममा यस्तो हुँदैन । स्किृप्टमा चलिरहेको घटनाक्रमसँग दर्शक जोडिन सक्दैनन् । शहरको भूगोल पनि आउँदैनन् । गीतका लागि पनि ठीक परिवेश बनाइएको छैन । गोरु जुधाइका दृश्य राखिएको छ तर किन राखिएको छ भन्ने बुझ्न सकिएको छैन ।

कमजोर निर्देशन

अभिषेक वर्मनले दर्शकलाई महंगो सेट, ठूलो स्टारकास्ट र शानदार सिनेमाटोग्राफीबाट रिझाउने कोशिश गरिरहेका छन् । भन्दाखेरि त यो फिल्म एउटा सुन्दर नाटक हो तर फिल्मले भावनात्मक रुपले दर्शकलाई बाँध्दैन ।

न मुख्य कलाकारको मायाले दर्शकलाई छुन्छ, न कुनै षडयन्त्रले दर्शकलाई छुन्छ । अभिषेकको यो निर्देशनमा त्यस्तो खासै केही छैन । उनले फिल्ममा उथलपुथल त देखाएका छन् तर धेरै ठाउँमा चुकेका छन् ।

अनावश्यक लम्बाइ

यो फिल्म २ घण्टा ४८ मिनेट लामो छ । फिल्म राम्रो भयो भने फिल्मको लम्बाइको खासै महत्त्व नै हुँदैन । तर ‘कलंक’ हेर्दा यस्तो लाग्छ कि, यो फिल्म कतिबेला सकिएला ।

यो फिल्म हेर्दा ६ घण्टा लामोजस्तो लाग्छ । सयम काट्न नै मुस्किल पर्छ । सम्पादकले फिल्मलाई काँटछाँट गर्नमा चुकेका छन् । धेरै दृश्य अनावश्यक लामा छन् ।

मनोरञ्जन छैन फिल्ममा

यो फिल्ममा मनोरञ्जनलाई स्थान दिइएको छैन । दर्शकले फिल्म हेर्दा मनोरञ्जन पनि चाहन्छन् । फिल्मले न हँसाउँछ, न रुवाउँछ । न त फिल्मको एक्सनले रोमाञ्चक बनाउँछ । फिल्मले दर्शकले बडो अजीबको उदासिनता ल्याइदिन्छ ।

यो फिल्मले सन्देश त दिँदैन नै । अर्कातिर मनोरञ्जन पनि दिँदैन । जसको आशमा दर्शकले फिल्मको टिकट काटून् ।

-एजेन्सी

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : ५३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६