राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम दिने | Khabarhub Khabarhub

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम दिने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सिङ अध्ययन सकेका नर्सहरुका लागि राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम आयोजना गर्ने भएको छ ।

केन्द्रले आगामी जेठ १ गतेदेखि ३ महिने बेसिक डायलाइसिस नर्सङ तालिम संचालन गर्न लागेको जनाएको छ ।  डायलाइसिस नर्सिङ तालिम लिन इच्छुक नर्सहरुले बैशाख २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

केन्द्रले बैशाख २४ र २५ गते आवेदन दिएका नर्सहरुबाट परीक्षा तथा अन्तर्वाता प्रणलीबाट डायलाइसिस नर्सिङ तालिमका लागि नर्स छनोट गर्नेछ ।

केन्द्रले आवेदन दिएका नर्सहरुबाट तालिमका लागि २४ जना मात्रै छनोट गर्ने जनाएको छ । मिर्गौलाका बिरामीका लागि डायलाइसिसको विषयमा विशेष ज्ञान हुनुपर्ने भएकाले केन्द्रले नर्सिङ अध्ययन गरेका नर्सहरुलाई डायलाइसिसको तालिम दिँदै आएको छ ।

हालसम्म २५ सय नर्सहरुलाई डायलाइसिस नर्सिङ तालिम दिइसकेको केन्द्रका प्रेस संयोजक विमल बरालले जानरकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : २४ बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको