निरन्तर रोगसँग लडिरहेका एक डाक्टरको कथा « Khabarhub
Logo
५ आश्विन २०७८, मंगलबार

निरन्तर रोगसँग लडिरहेका एक डाक्टरको कथा



काठमाडौं–त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का क्लिनिकल फर्माकोलोजी विभागको दोस्रो तला । जहाँ सहप्राध्यपक डा. सतीश देव ९ बजे पुग्छन् । सहप्राध्यपक डा देवलाई आईओएमको दोस्रोतलासम्म उक्लिन निकै मुस्किल पर्छ ।

उनी रेलिङ समाउँदै विस्तारै भर्‍याङको सिढी चड्छन् । देव आफ्नो सटको बटन आफैं लगाउन र अन्य व्यक्तिले जस्तो दौडिनसक्दैनन् । तर, यी सबै कुरालाई उनले सामान्य रुपमा लिन थालिसकेका छन् । २४ वर्षको उमेरमा शारीरिक रुपमा अशक्त बनेका देवले आफ्नो मानसिक अवस्थालाई जहिल्यै बलियो बनाउने प्रयत्न गरिरहे । त्यही प्रयासले आज उनी आईओएममा सहप्राध्यपकको रुपमा कार्यरत छन् ।

‘मेरो घाँटीे पछाडिको हड्डीमा भएको समस्याले शारीरिक रुपमा अस्वस्थ्य छु, तर मैले आफूलाई कहिल्यै पनि कमजोर छु भन्ने महसूस हुन दिइनँ,’ सहप्राध्यपक देवले खबरहबसँग भने, ‘परिवारको साथ र साथीभाइको मायाले म यहाँ छु । म अहिले आईओएममा क्लिनिकल पर्माकोलोजी विभागमा सहप्राध्यपक छु, छिट्टै प्राध्यापक बन्ने सपना छ ।’

आर्मी अफिसर बन्ने सपना बुनेका देवले एसएलसीपछि प्लस–टु अध्ययनका लागि भक्तपुरको वीरेन्द्र सैनिक महाविद्यालय (आर्मी कलेज)मा भर्ना भए । आर्मी कलेजमा आईएस्सी साइन्स पढ्दै गर्दा देवले आफूलाई आर्मी अफिसर बन्ने सपनाको नजिक भएको महशुस गर्थें

उनी दिनभरि टिचिङमा अध्ययनरत एमबीबीएस्, बीडीएए तथा नर्सिङका विद्यार्थीहरुलाई फर्माकोलोजी अध्यापन गराउँछन् । यी बाहेक फर्माकोलोजीसँग सम्बन्धीरिर्सच तथा एन्टिबायोटिक जनचेतना लगायतका क्षेत्रमा पनि कार्यरत छन् ।

बाल्यकाल

देवको जन्म २०३२ साल माघ ४ गते काठमाडौंमा भएको हो । उनको बाल्यकाल काठमाडौंको जोरपाटीमै बित्यो । देवले ३ कक्षासम्म चुच्चेपाटीमा रहेको प्रोग्रेसिभ प्राइमरी स्कुलमा पढे ।

कक्षा ४ देखि ६ कक्षासम्म उनले अमराआर्दश माध्यमिक विद्यालयमापढे । ७देखि १० कक्षासम्म उनले फेरि स्कूल परिवर्तन गरे । ७ कक्षादेखि स्वयम्भूको आनन्दकोटी विद्यापिठमा अध्ययन गरेका देवले २०४८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे ।

देवबाल्यावस्थमा अध्ययनभन्दा बढी साथीहरुसँग रमाइलो गर्नरुचाउँथे ।

‘मलाई ठूलो ग्रूपमा बसेर हल्ला गर्न, रमाइलो गर्न मनपर्थ्यो, पढाइमा ध्यान ठीक–ठीकै थियो, तर रमाइलो गर्न र घुम्न भने निकै मनपर्ने,’ देव आफ्नो बाल्यकाल सम्झिन्छन्, ‘त्यतिबेला जोरपाटी गाउँजस्तै थियो, साथीहरुसँग परालको कुनियाँमा लुकामारी खेल्थ्यौं ।’

आर्मी अफिसर बन्ने सपना

देवका बुवा नेपाली सेनामा थिए । बुवासँग आर्मी क्वाटरमै बाल्यकाल बिताएका देवको सपना पनि बुवाजस्तै आर्मी अफिसर बन्ने थियो ।

स्कूलबाट घर फर्किपछि देव बुवाको टोपी (सैनिक क्याप) लगाउँदै आमा र बुवा दुवैलाईस्यालुट गर्थे ।

‘मेरो बाबा आर्मी भएकोले म सधैं आर्मी अफिसर बन्छु भन्ने सपना बुनेको थिए । डाक्टर बन्ने सोचेकै थिइनँ,’ देव बाल्यकालको सपना सुनाउँछन्, ‘बुवाको आर्मीवाला टोली लगाउँदै फोटो खिच्ने, बुबा–मम्मीलाई सलाम गर्थेँ ।’

आर्मी अफिसर बन्ने सपना बुनेका देवले एसएलसीपछि प्लस–टु अध्ययनका लागि भक्तपुरको वीरेन्द्र सैनिक महाविद्यालय (आर्मी कलेज)मा भर्ना भए । आर्मी कलेजमा आईएस्सी साइन्स पढ्दै गर्दा देवले आफूलाई आर्मी अफिसर बन्ने सपनाको नजिक भएको महशुस गर्थें ।

आर्मी अलेजमा प्लस–टु सकिएपछि देव पढ्नकै लागि भारत गए ।भारतको कस्तुवा मेडिकल कलेजमा देवले कलेज अफ डेन्टल सर्जरी (बीडीएस) अध्ययन शुरु गरे । देवको पढाइ राम्रै चल्दै थियो । पढाइ सकेर नेपाल फर्किएपछि आर्मी अफिसर बन्ने सपना उनको मनमा कायमै थियो ।

आर्मी बन्ने सपना तुहिएको त्यो दिन

देवको बीडीएस अध्ययन पूरा हुन केही महिना मात्रै बाँकी थियो । २०५२ सालमा बीडीएस तेस्रोवर्षमा अध्ययनरत रहँदा देवको जीवनमा ‘दैवको बज्रपात’ पर्‍यो ।

‘बीडीएस तेस्रो वर्षमा पढ्दैगर्दा म कलेजमा खेल्दै थिए, खेल्दाखेल्दै मेरो खुट्टा कसैले तानेजस्तो महसूस भयो,’ देव त्यो दिन स्मरण गर्दै भन्छन्, ‘एकछिन अघि दौडिरहेको खेलिरहेको थिए, एक्कासी खुट्टा कसैले तानेजस्तोे भयो । मैले त्येतिवेला व्यायाम पुगेन होला भनेर,व्यायाम गर्न थाले ।’

शल्यक्रियापछि खुट्टासँगै देव्रेहात पनि झमझमाउन थाल्यो । देवले आफूलाई झनै कमजोर रुपमा पाए । चिकित्सको नियमित सम्पर्कमा रहेका देवलाई चिकित्सकले दोस्रो पटक शल्यक्रिया गर्दा ठीक हुने बताए

तर, विस्तारै उनलाई बाटोमा सिधा भएर हिँड्न समेत नसक्ने, हिँड्दा खुट्टाको ब्यालेन्स नमिल्ने जस्ता समस्याहरु देखिन थाल्यो । त्यसपछि भने देवले आफ्नो समस्यालाई गम्भीर रुपमा लिए । २०५२ साल कात्तिकमा कलेज विदा थियो । उनी त्यहि बिदाको समयमा काठमाडौं आए र आर्मी अस्पताल छाउनीमा भर्ना भए ।एकसाता अस्पतालमा भर्ना भएपनि देवको समस्या ठीक भएन, न त रोग नै पत्ता लाग्यो ।

आर्मी अस्पताल छाउनीमा रोग पत्ता नलागेपछि देव आफू पढेकै मेडिकल कलेजको अस्पतालमा भर्ना भए ।जब सिटिस्क्यान र एमआरआई गराए, तब देवको रोग पत्ता लाग्यो । डाक्टरले आफ्नो रोगको बारेमा बताएपछि देवलाई छाँगाबाट खसेजस्तै भयो ।

‘सिटिस्क्यान र एमआरआइको रिपोर्ट आएपछि डाक्टरले तपाईंलाई ठूलो समस्या भएको छ,यस्तो रोग एकलाख जनामा एक व्यक्तिलाई मात्रै हुन्छभन्नुभयो,’ डाक्टर सतीशले लामो स्वास लिदै विगत सुनाए, ‘मेरो टाउको र घाँटीजोड्ने नशामा रहेको हड्डीको बनावटमा समस्या भएर नशा थिच्चिएको रहेछ । जसका कारण मेरा दुवै खुट्टाहरु कमजोर हुँदै गएको रहेछ ।’ देवको बुवाजस्तै आर्मी बन्ने सपना पनि तुहियो ।

‘बीडीएस पढ्दै गर्दा आर्मीकै डाक्टर बन्छु, आर्मी अफिसर नै हुन्छु भन्ने सोचेको थिए, तर स्वास्थ्यसस्याले मलाई आर्मी अफिसर बन्न दिएन,’ देवले सुनाए ।

पहिलो शल्यक्रियापछि समस्या झन् बढेपछि

घाँटीमा च्यापिएको नशा खुलुको बनाउन (ट्रान्स ओरल अपरेशन)ठूलो शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताए । परिवारको सल्लाहमा २०५३ साल माघमा उनको शल्यक्रिया भयो ।

शल्यक्रिया गरेर २६ दिन अस्पतालकोशय्यामा सुतेका देवलाई डिस्चार्ज हुँदारोग निको होला भन्ने आश थियो, तर वास्ताविकतामा निराशा हात लाग्यो, जीवनभरका लागि ।

शल्यक्रियापछि खुट्टासँगै देव्रेहात पनि झमझमाउन थाल्यो । देवले आफूलाई झनै कमजोर रुपमा पाए । चिकित्सको नियमित सम्पर्कमा रहेका देवलाई चिकित्सकले दोस्रो पटक शल्यक्रिया गर्दा ठीक हुने बताए । देवले २०५५ सालमा दोस्रो पटक शल्यक्रिया भयो ।

दोस्रो शल्यक्रियाले शरीर मात्रै होइन, मन पनि कमजोर बनायो

दोस्रो शल्यक्रिया पछि निको हुनुको सट्टा देवको स्वास्थ्य अवस्था झनै विग्रियो । उनी दिसा–पिसाब समेत नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगे । जतिबेला देव मात्र २४ वर्षका थिए । त्यतिबेला देवलाई रोगले मात्रै सताएन भविष्यको चिन्ता र डरले उनी झनै कमजोर भए ।

‘दोस्रो अपरेशनगरेर होसमा आउँदा सबै हातखुट्टामा समस्या देखियो, म हिँड्न र हातले केही समाउन नसक्ने अवस्थामा पुगेछु, मेरो दिशापिसाब समेत कन्ट्रोल भएन,’ देवले त्यो पिडादायी पल सम्झिए, ‘मेरो मन साह्रै कमजोर भयो, मेरो जिन्दगी कसरी कट्ला भन्ने चिन्ता लाग्यो ।’

त्यतिबेला देवले बीडीएस तेस्रोवर्षको परीक्षा भने दिइसकेका थिए, तर इन्टर्नसिप भने गर्न पाएका थिएनन् । उनी दोस्रो अप्रेसनपछि नेपाल फर्किए ।

साढे दुईवर्ष घरमै थलिए

त्यो समयमा देव आफू बसेको ठाउँबाट उठ्न पनि कसैको सहायता चाहिन्थ्यो ।रोगले थला परेर मन समेत सम्हाल्न नसकेका देवलाई परिवारको साथ र मायाले बाँच्ने प्रेरणा भने दियो । आफ्नो परिवार र साथीहरुको सहयोग र माया भाग्यले पाएको बताउँछन् देव।

‘म एक्लै कहिँ कतै जान सक्दिनथें । आफ्नो कपडा आफैं लगाउन सक्दिनथें ।मलाई बाथरुम जाँदा पनि अरुको सहयोग चाहिन्थ्यो,’ देव भन्छन्,‘परिवार र साथीहरुको बलियो सपोर्टका कारण रोगले मलाई कमजोर पार्ने मौका पाएन।’

देव एक्लै घरबाहिर निस्कन सक्दैनथिए । देवले रोगका कारण आफूलाई कमजोर महसूस हुन नदिन घरमै भएपनि आफूलाई व्यस्त राख्ने प्रयत्न गरे ।

‘मलाई बाहिर निस्किन अरुको सहयोग चाहिन्थ्यो ।रोगले शरीर कमजोर भएपनि मानसिक रुपमा बलियो बन्नु थियो । म आफूलाई घरमै हुँदा पनि केही न केही गरेर व्यस्त राख्ने प्रयास गर्थें,’ देवले भने, ‘म मेरो दिमागलाई फूर्सद नै दिन्नथें, ताकि राति राम्रोसँग निद्रा लागोस् र भोलिको दिन पनि बिताउँन सकु । मैले आफ्नो दिमागलाई आफू कमजोर छु भन्ने महसूस हुनै दिइनँ ।’

तेस्रो पटक शल्यक्रिया गर्ने निर्णय लिँदा

देव घरभित्रै बसेर कम्प्युटरको गेम, साथीहरुसँग चेस खेल्नेलगायतका क्रियाकलापमा व्यस्त हुन थालेको साढे २ वर्ष वितिसकेको थियो । उनले आफनो रोगको उपचार हुन्छ कि भन्ने आसामा विभिन्न देशमा हुने उपचारको विषयमा नेटमार्फत अध्ययन गरीरहेका हुन्थे । सोही क्रममा देवले भारतको सञ्जय गान्धी पोस्टग्य्राजुयट इन्स्टिच्यूटमा डाक्टर बीके जैनले आफ्नो उपचार गर्न सक्छन् भन्ने थाहा पाए ।

उनले त्यहाँ सम्पर्क गरे र तेस्रोपटक शल्यक्रिया गर्ने निर्णय गरे ।देव२०५८ सालमा फेरि भारत गए र सञ्जय गान्धीमा तेस्रोपटक शल्यक्रिया गरे । तेस्रोपटक शल्यक्रिया गर्न लागेको समयमा उनको मनमा धेरै प्रश्नहरु आए । तर, उनी डाक्टरको अगाडि केही बोलेनन् र शल्यक्रियाको लागि तयार भए ।

निको होला भन्ने आशमा तेस्रोपटक शल्यक्रिया गरेका देवलाई फेरी अर्को समस्या आइलाग्यो । शल्यक्रिया पछि घाँटीदुख्ने समस्या पनि थपियो ।

तीन महिनासम्म घाँटी दुख्ने समस्याले निकै सताएपछि देवले शल्यक्रिया गरेका चिकित्सकलाई समस्या बताए । तर, चिकित्सकले विस्तारै ठीक हुने जवाफ मात्रै दिन्थे । देवसँग त्यो पीडा सहनुबाहेक अरु विकल्प थिएन ।

शारीरिक रुपमा अशक्त भएकाले उनी अझैपनि सिधा हिँड्न सक्दैनन् । आफूलाई पहिलोपटक देख्ने कतिपयले रक्सी सेवन गरेर हिँडेको भन्दै प्रश्न समेत गर्नेगरेको देव सुनाउँछन्

परिवारको माया र साथीको सहयोग

शल्यक्रिया गरेको तीन महिनापछि भने देवको स्वास्थ्यमा चमत्कारीक सुधार हुनथाल्यो । उनी उभिन र हिँड्न सक्ने भए ।स्वास्थ्यमा सुधार आएसँगै देवले अधुरो रहेको बीडीएसको इन्टर्नसिप आर्मी अस्पतालमा शुरु गरे ।

‘म पूर्ण रुपमा ठीक भइसकेको थिइन, मात्रै उभिनसक्ने भएको थिए । तर, मैले आर्मी अस्पतालमा इन्टर्नसिप शुरु गरे,’ देवले विगत सम्झिए, ‘सबैले मलाई धेरै सहयोग गर्नुभयो, सबैको सहयोगले मेरो जीवन बद्लियो, मैले बिरामीको स्वास्थ्य परिक्षण गर्न थालेँ ।’

धरान गएपछि रोग विर्सिए

आर्मी अस्पतालमा १ वर्षको इन्टर्नसिप सकियो । देवले आफ्नो शारीरिक कमजोरी भुलाउन काममा व्यस्त हुन चाहन्थें । देवले २०५९ सालमा धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेन्टल सर्जनकोपोष्टमा आवेदन दिए ।

त्यसपछि देवको जीवनले नयाँ मोड लियो । बिरामीसँगको घुलमिलले देवले आफूनो रोग विर्सिसकेका थिए ।

‘त्यतिबेला म आफैंहिड्नसक्ने, आफनो काम गर्नसक्ने भइसकेको थिएँ,’ देवले भने, ‘धरान गएपछि बिरामीको उपचार गर्दा–गर्दा मैले आफू बिरामी छु भन्नेसम्म विर्सिएको थिएँ ।’

उनले त्यहाँ डेन्टलसर्जनको रुपमा काम गर्दैगर्दा एमडीको पनि भर्ना खुल्यो । उनले क्लिनिकल फर्माकोलोजीमा एमडी गर्ने निर्णय गरे । एमडी फर्माकोलोजीमा ३ वर्षको अध्ययन पनि पूरा गरे ।

आईओएममा ११ वर्ष

नेपालमा क्लिनिकल फर्माकोलोजीमा विशेषज्ञता हाँसिल गरेका चिकित्सक निकै कम थिए । क्लिनिक पर्माकोलोजी पठाउने विशेषज्ञहरु विदेशबाट ल्याइन्थ्यो । उनले विशेषज्ञता हाँसिल गरेपछि २०६३ सालबाट त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपप्राध्यपकको रुपमा काम गर्न थाले ।

देव सार्वजनिक सवारीसाधनमा चढ्न सक्दैन थिए, काठमाडौंको सडकपेटी झनै डरलाग्दा ’घरबाट चिटिङसम्मको यात्रा गर्न देवका लागि निकै सकसपूर्ण हुन्थ्यो ।

देवले आईओएममा आफ्नो शारीरिक अशक्ताको विषयमा क्याम्पस प्रशासनलाई बताए र क्याम्पसमै क्वाटर दिन अनुरोध गरे । तर, जवाफमा उनले ‘तिखो बचन’ पाए ।

‘मलाई घरबाट क्याम्पस पढाउन आउन किनै समस्या हुन्थ्यो, मैले आईओएममा क्वाटरको व्यवस्था गरिदिन अनुरोध गरे,’ देव भन्छन्, ‘तपाई पढाउने डाक्टरलाई क्वाटर दिन मिल्दैन भन्नुभयो, त्यो वचन मेरो सफलताको बाधक जस्तै लाग्यो।’

उनले त्यो कठिन परिस्थितिलाई पनि सामना गर्ने हिम्मत गरे । आफ्नो पेसालाई निरन्तरता दिइरहे ।

शारीरिक रुपमा अशक्त भएकाले उनी अझैपनि सिधा हिँड्न सक्दैनन् । आफूलाई पहिलोपटक देख्ने कतिपयले रक्सी सेवन गरेर हिँडेको भन्दै प्रश्न समेत गर्नेगरेको देव सुनाउँछन् ।

‘म अहिलेपनि अन्य व्यक्तिले जस्तो बाटोमा सिधा भएर हिँड्न सक्दिन, मेरो हिँडाइ बाँङ्गो बाँङ्गो देखिन्छ, म हिँड्दै गर्दा सुनेको पनि छु, कस्तो दिउँसै रक्सी खाएर हिँडेको होला भन्छन्,’ देवले भने, ‘पहिला पहिला त नरमाइलो लाग्थ्यो, तर अहिले चिन्नेहरुले भन्दैनन्, नचिन्निेहरुले भन्दा सामान्य नै लाग्छ ।’

टिचिङमा उपप्राध्यपक भएको ८ वर्षपछि २०७१ सालमा सहप्राध्यपक भए । ११ वर्षदेखि टिचिङ अस्पतालमा कार्यरत देवको प्राध्यपक बन्ने सपना छ । उनी अहिले त्यसैको तयारी पनि गर्दैछन् ।

देवले फार्माकोलोजीको विषयमा ‘देवस् क्लिीनकल फर्माकोलोजी’ र ‘देवस् नर्सिङ’ नाम गरेका दुईवटा पुस्तक समेत निकालिसकेका छन् । देवफार्माकोलोजी विशेषज्ञको रुपमा औषधि व्यवस्था विभाग र स्वास्थ्यमन्त्रालयको कमिटिहरुमा पनि आवद्ध छन् ।


भर्खर

0