रसायनको प्रयोगबाट नक्कली घ्यु उत्पादन– दूर्गा, पूजा र गोकुलको स्टिकर टाँसेर बिक्री | Khabarhub Khabarhub

रसायनको प्रयोगबाट नक्कली घ्यु उत्पादन– दूर्गा, पूजा र गोकुलको स्टिकर टाँसेर बिक्री


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा रसायन प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको ब्रह्मचोक मा अनिल श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री पोडक्ट्स उद्योगमा रसायन (केमिकल) प्रयोग गरेर घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरन्ज महानगरपालिका–१५ घर भएका ३३ वर्षीय अनिल श्रेष्ठ, सोही ठाउँका ३७ वर्षीय रमेश श्रेष्ठ र भारतीय राज्य बिहारअन्तर्गत मोतिहारी जिल्लाअन्तर्गत अदापुर गाउँका २५ वर्षीय राम विलास यादव छन् ।

प्रहरीले उद्योगमा उत्पादन भएर बजारमा बिक्रीका लागि ठिक्क पारिएको केही नक्कली घ्यु समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले रसायन प्रयोग गरी नक्कली घ्यु उत्पादन गरेर दूर्गा, पूजा गोकुल घ्यु लेखेको स्टिकर टाँसेर बजारमा बिक्री गर्ने गरेका थिए ।

प्रहरीले घ्यु उत्पादनमा प्रयोग हुने गरेको रसायनबारे भने अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : २८ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय