चिडियाखानाका जनावरलाई क्रिसमसको उपहार ! | Khabarhub Khabarhub

चिडियाखानाका जनावरलाई क्रिसमसको उपहार !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उपहार के हो ? किन दिइन्छ यस विषयमा सबै जानकार छन् । आफू अनुकूल मानिसहरुले उपहार प्रदान गर्ने गर्दछन् ।

उपहारमा दिइने वस्तुको मोलभन्दा दिने व्यक्तिको चासो र आत्मियताको प्रतिक गर्छ उपहारले । मानिस–मानिसबीच जन्मोत्सव, विवाह, ब्रतवन्ध पास्नी आदिमा उपहार दिनु लिनु नौलो कुरा होइन ।

तर जनावरलाई नै उपहार दिएको बारे सायद तपाईंले सुन्नु भएको छैन होला । हालै चिडियाखानाका पशुहरुलाई उपहार दिइएको समाचार सार्वजनिक भएको छ ।

इसाई धर्मालम्बीको पर्व क्रिसमसको अवसर पारेर चिडियाखानाका जनावरहरुलाई उपहार दिइएको हो । यही पौष ०९ गते क्रिसमस परेको छ । यस दिन इसाईहरु एक आपसमा उपाहार आदान–प्रदान गर्नुका साथै खुसी साँटासाँट गर्छन् ।

इसाई धर्ममा आस्था राख्नेहरु आफन्त तथा स्वजनबाट पाउने उपहारका लागी क्रिममसको पर्खाईमा छन् । तर लण्डनमा भने क्रिमसम आउनु साता दिन अघि नै चिडियाखानाका पशुलाई उपहार दिइएको हो ।

लण्डनको एसएल लण्डन चिडियाखानामा रहेका जनावरले क्रिसमसको उपलक्ष्यमा क्रिसमस अघि नै उपहार पाएका हुन् । स्थानीय एक समाचार एजेन्सीका अनुसार चिडियाखानाका जनावरलाई कपडामा लुकाएर उपहार दिइएको छ ।

त्यहाँको बोलेवियन ब्लैक कैप स्क्विरिल माकुरालाई एक फ्रेम उपहार दिइएको छ भने बादरलाई बिशेष भोज दिइएको छ । सुमात्रा नामक बाघलाई समेत एक डब्बामा उपहार दिइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : १४ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा