महाराष्ट्रमा फेरि भाजपा, देवेन्द्र फडणवीसले लिए सपथ | Khabarhub Khabarhub

महाराष्ट्रमा फेरि भाजपा, देवेन्द्र फडणवीसले लिए सपथ


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ । राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी मार्दै महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले सपथ लिएका छन् ।

एनसिपीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको सपथ लिएका छन् ।

एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको थियो । एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो ।

तीन पार्टीबिच शनिबार बाँकी विषयमा चर्चा हुने तय गरिएको थियो । तर रातभरमा घटनाक्रम फेरियो र बिहानै देवेन्द्र फडणवीस र अजित पवारले मुम्बईको राजभवनमा सपथ लिएका हुन् । शिव सेनाका उद्धव ठाकेर मुख्यमन्त्री बन्ने संघारमा पुगेर एनसिपीले धोका दिँदा जिल्लिएका छन् ।

हालै भएको विधानसभा चुनावमा भाजपा राज्यको ठूलो पार्टी बनेको थियो तर उसले बहुमत ल्याउन सकेको थिएन । भाजपासँग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको थियो ।

सपथ ग्रहणको केहीबेर पछि नै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर देवेन्द्र फडणवीस र अजित पवारलाई बधाई दिएका छन् । दुवै नेताले मिलेर महाराष्ट्रको भविष्यका लागि काम गर्नेमा प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् ।

सपथपछि मुख्यमन्त्री फडणवीसले आफूहरुसँग मिलेर चुनाव लडेको शिव सेनाले जनादेशको अनादर गरेको बताए । महाराष्ट्रमा स्थायी सरकारको चाहना भएकाले एनसिपी आफूहरुको साथमा आएको उनले उल्लेख गरेका छन् ।

उपमुख्यमन्त्रीको सपथ लिएका अजित पवारले पनि महाराष्ट्रका समस्या समाधानका लागि स्थायी सरकार चाहिएको र त्यसकै लागि आफूहरुले भाजपासँग मिलेर सरकार बनाएको बताएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : ५४ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक