नेतृत्व विहीन नेविसंघ– आफ्नै पक्षका विद्यार्थी नेताले दिए देउवालाई चेतावनी | Khabarhub Khabarhub

नेतृत्व विहीन नेविसंघ– आफ्नै पक्षका विद्यार्थी नेताले दिए देउवालाई चेतावनी


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थी आन्दोलनको इतिहास बोकेको नेविसंघ गत वर्षको माघ २८ देखि अहिलेसम्म नेतृत्व विहीन छ ।

गुटको राजनीतिमा कमजोर हुने देखेर पार्टी नेतृत्वले असहयोग गरेपछि ०७३ सालमा महाधिवेशनबाट निर्वाचित नैनसिंह महरले गत वर्षको माघ २८ गते सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका थिए ।

त्यस यता नेविसंघ अध्यक्षको दौडमा धेरै विद्यार्थी नेताहरु देखिएपनि अधिकांशलाई अहिलेसम्म कुनै निर्णय नगरी सभापति देउवाले थकाइदिएका छन् ।

कहिले सरोज थापा, कहिले पुष्प शाही कहिले ऋषिकेशजंग शाह त कहिले राजीव ढुंगानाका नाम सार्वजनिक भएपनि सभापति देउवाले अहिलेसम्म कसैका नाममा निर्णय गरेका छैनन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गत चैतमै निर्णयको अधिकार सभापति देउवालाई दिएको थियो । तर, सभापति देउवाले आफ्नै गुटभित्रका आकांक्षी धेरै भएर व्यवस्थापन गर्न नसकेपछि निर्णय नै नगरेर थकाउने रणनीति अख्तियार गरेका थिए । निर्णय नगरेकोमा देउवासँग आफ्नै गुटका पार्टी नेतादेखि गुटका विद्यार्थी नेतासम्म रुष्ट छन् ।

‘पार्टीले नै केन्द्रीय समितिबाट सभापतिजीलाई नेविसंघ नेतृत्व तोक्ने अधिकार दिएको हो, ढिला हुनुपर्ने प्रत्यक्ष कारण देखिएको छैन,’ नेविसंघ निर्देशक समितिका संयोजक समेत रहेका सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘सभापतिजीले किन ढिला गरिरहनुभएको छ। त्यो उहाँलाई नै थाहा होला।’

सभापति देउवासँग उनको गुटमा रहेका पार्टी नेता मात्र नभएर विद्यार्थी नेताहरु पनि आक्रोशित बनेका छन् । विद्यार्थी नेताहरुले त अध्यक्षका प्रत्यासीहरु नै सामूहिक रुपमा गएर देउवालाई चेतावनी दिइसकेका छन् । दशैंको नवमीका दिन देउवा निवास पुगेका अध्यक्षका प्रत्यासीहरुले नेविसंघको ‘करेन्ट पोलिटिक्समा रहेका’लाई अध्यक्ष बनाउन सुझाव दिँदै आफूहरु म नै बन्नुपर्छ भन्ने पक्षमा नरहेको बताइसकेका छन्।

निवर्तमान अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोज थापा, उपाध्यक्ष पुष्पराज शाही, कपिलेश्वर यादव तथा पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले संयुक्त रुपमा भेटेर देउवालाई नेविसंघबाट हराइसकेका व्यक्तिलाई ल्याए दुर्भाग्य हुने चेतावनी दिएका थिए ।

भेटका क्रममा देउवाले आफूले गर्ने निर्णले विद्यार्थी नेताहरुले मान्नु पर्ने निर्दशात्मक अभिव्यक्ति दिएका थिए ।

‘तिमीहरुले सुझाव दिने हो, निर्णय मैले गर्ने हो,’ भेटका क्रममा देउवाले भनेका थिए, ‘सबैले सहयोग गरे जो ल्याएपनि संगठन बलियो हुन्छ। असहयोग गर्ने हो भने संगठन मात्र हैन असहयोग गर्ने झन कमजोर हुन्छ।’

देउवाले त्यसो भन्दा पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले वर्तमानमा विद्यार्थी राजनीतिमा रहेको भन्दा बाहिरको नेतृत्व ल्याए त्यसले संगठन कमजोर बनाउने र त्यसको सबैभन्दा ठुलो असर आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा पर्ने बताएका थिए ।

‘विद्यार्थी राजनीतिबाट लामो समय ‘ग्याप भइसकेको’ नेतृत्वमा ल्याए त्यसले संगठनलाई कमजोर बनाउँछ,’ शाहले भने, ‘सगठनमा पकड भएन भने त्यसले स्वतन्त्र विद्यार्थी यूनियन चुनावमा पनि असर गर्छ। यही कुरा हामीले सभापतिज्यूलाई ध्यानाकर्षण गराएका थियौं ।’

सभापति देउवाले भने विद्यार्थी नेताहरुले त्यसो भन्दा ०६४ सालमा नेविसंघ उपाध्यक्ष भएर त्यसयता विद्यार्थी राजनीतिमा नरहेका राजीव ढुंगानाविरुद्ध गुटबन्दी गरेको अर्थ लगाएका थिए ।

‘विचरा त्यो राजीव विरुद्ध तिमीहरु एक हुने ?,’ भेटमा सहभागि निवर्तमान उपाध्यक्ष शाहीले देउवाको भनाई उदृत गर्दै भने, ‘तिमीहरुलाई म कहि न कहि सेटल गर्छु। मैले निर्णय जे गरेपनि तिमीहरु बाधक बन्न पाउँदैनौ।’

देउवाले बिचरा राजीव भनेपछि सरोज थापा जंगिएका थिए । ‘राजीव विचरा भए हामी चाँहि के, हामी विचरा कि राजीव विचरा,’ निवर्तमान महामन्त्री थापाले भने, ‘हामी तपाईसँग लाग्दा के के गुमाएका छौ, उसले वा अरुले के के हिसाव गरौ । मुल्यांकन पद्धति यही हो? नेविसंघ नेविसंघ भन्नेलाई पाखा लगाउने अनि नेविसंघ छोडिसकेकालाई ल्याएर उभ्याउने?’ केहीबेर थापा जंगिएपछि देउवा झन जंगिदै भित्र गएका प्रत्यक्षदर्शीले बताए ।

देउवा जंगिएपछि हिँड्ने तयारीमा रहेका नेताहरुलाई केहीबेरमा निस्किएर देउवाले पुनः थुमथुम्याउने प्रयास गरेका थिए ।

‘तिमीहरु आवेशमा नआओ, मसँग हिडेका कसैलाई अन्याय हुन दिन्न, कतै न कतै सेटल गरेर छोड्छु,’ देउवाको भनाइ उदृत गर्दै शाहीले भने,’तर, नेविसंघका विषयमा निर्णय म गर्छु,तिमीहरुले त्यसलाई सहयोग गर्नुपर्छ।’

त्यति भनेपछि विद्यार्थी नेताहरुले ‘जो ल्याउनुहुन्छ ल्याउनुस्, तपाई संगठनमा बलियो हुने कमजोर हुने त्यही निर्णयबाट हो, अव ढिला नगर्नुस्’ भनेर विदा लिएका थिए ।

त्यस यता राजीवको भेघाट बाक्लो

देउवालाई धम्क्याएर बाहिरिएका नेताहरु देउवालाई भेटन गएका छैनन् । त्यस यता राजीव ढुंगानाले भने देउवासँग बाक्लो भेटघाट गरिरहेका छन् ।

समाचार तयार पार्दै गर्दासमेत देउवा निवासमै पुगेका ढुगानाले आफू अध्यक्ष बन्नेमा विश्वस्त रहेको बताए ।

‘निर्णय त सिभापतिज्यूले गर्ने हो तर, मलाई सभापतिज्यूले अध्यक्ष बनाउनेमा आश्वस्त छु,’ढुंगानाले भने,’केही ढिला रामचन्द्रदाईलाई विश्वासमा लिनेक्रममा भएको मलाई लागेको छ ।’

को हून् राजीव ?

सुनसरीका राजीव ढुंगाना ०६४ सालमा कल्याण गुरुङ अध्यक्ष निर्वाचित हुँदा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

गुरुङको कार्यसमितिमा कोषाध्यक्ष मनोनित भएका ढुंगाना कोषाध्यक्ष मनोनितपछि पुन राष्ट्रिय उपाध्यक्ष मनोनित भएका थिए । एउटै कार्यसमितिमा दुईपटक बढूवा गरेको भनेर देउवाले त्यसबेला देखि नै ढुंगानालाई अनावश्यक महत्व दिएको भनेर गुटभित्रै आलोचित छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ११ : ३२ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ